Sunday, September 27, 2020
Home > समाचार > पोखरा अस्पतालमा सुत्केरी मृत्युः प्रहरी र आफ्न्त बिच झडप ७ जना घाइते (झडपको भिडियो सहित)

पोखरा अस्पतालमा सुत्केरी मृत्युः प्रहरी र आफ्न्त बिच झडप ७ जना घाइते (झडपको भिडियो सहित)

पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृ*त्यु भए पछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुकी ३३ बर्षिय निसाकुमारी थापाको मृ*त्यु भएको हो ।

चिकित्सको लापरबाही मृ*त्यु भएको भन्दै आफन्त र प्रहरी बिच झडप हुदाँ ७ जना घाइते भएका छन् । घाइते हुनेमा ४ जना प्रहरी र ३ जना आफ्न्तहरु घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी निरिक्षक विजय भण्डारी, हवल्दार मिन बहादुर पाण्डे, प्रहरीहरु रुपा परियार र डोलराज नेपाली घाइते भएका छन् । त्यसै गरि आफ्न्तहरु शोभाकर पौडेल, नरबहादुर थापा र रेशम थापा घाइते भएका छन् ।

सुत्केरी व्याथा लागे पछि बिहीबार बिहान निशा अस्पताल आएकी र बिहीबार साझँ बच्चा जन्माएको उनका भाई बसन्त थापाले जानकारी दिए । सुत्केरी भएपछि अत्याधि रक्तसाब्र भएको उनले बताए । उनले रक्तसाब्र भएपछि रगत नबक्ने औषधी गर्नु पर्ने थियो तर डाक्टरले औषधी नगरी अप्रेसन गरेका कारण दिदीको ज्यान गएको बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!