Sunday, September 27, 2020
Home > भिडियो > सम्पतिले किन्न नसकेको काली बुढिको खुशी, छोरा सम्झिएर बनिन् भावुक (भिडियो)

सम्पतिले किन्न नसकेको काली बुढिको खुशी, छोरा सम्झिएर बनिन् भावुक (भिडियो)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित कलाकार हुन् शारदा गिरी अर्थात काली बुढी । ५१ दिन मनाउन सफल चलचित्र छक्का पन्जामा काली बुढीको पात्र निभाएकी शारदा यसै चलचित्रमा अभिनय गरेदेखी निकै चर्चामा छिन् । चलचित्र छक्का पन्जामा चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात माग्नेबुढाकी आमाको भुमिका निभाएकी शरदा अहिले काली बुढीको नामले नै परिचित छिन् ।

अहिलेसम्म छक्का पन्जा, अमेरिका ब्वईज जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेकी काली बुढी अहिले पनि चलचित्रमा ब्यस्त भइरहने गर्छिन् ।उनको अभिनय धेरैले अत्यन्त मनपराउछन् । पछिल्लो समय उनी चलचित्र छ माया छपक्कै, जिस्म २ र घामड शेरेमा ब्यस्त छिन् । अहिले उनलाई चलचित्रमा खेल्न भ्याईनभ्याई छ । यसैक्रममा चर्चित कलाकार शारदा गिरी अर्थात काली बुढीको घरमा हामि पुगेका छौ । उनको घरमा पुग्दा उनी निकै राम्री भएर बसेकी छिन् । भरखर सानदार नयाँ घर बनाएकी काली बुढीले हामिलाई आफ्नो घर सबै देखाइन् । उनको घर हेर्दा निकै आकर्षक देखियो ।

हामिसँगको कुराकानीमा आफुलाई चलचित्र छक्का पन्जाले सबै सामु चिनाएको र काली बुढी भनेर बोलाउदा निकै खुशि लाग्ने बताइन् । हास्यकलाकार माग्नेबुढा निकै राम्रो स्वभाबको भएको बताउदै उनले शुटिँगको दौरान आफुहरु रियलमा नै रोएको बताइन् । उनले कुराकानीमा चलचित्र क्षेत्रको आफ्नो अनुभब सुनाइन् । हेर्नुहोस् चर्चित हास्यकलाकार शारदा गिरी अर्थात काली बुढीसंग हामिले गरेको यो रमाइलो कुराकानीको भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!