Tuesday, July 13, 2021
Home > समाचार > इतिहाँसमै पहिलोपटक चीनसंग भयो यस्तो एतिहासिक सहमति

इतिहाँसमै पहिलोपटक चीनसंग भयो यस्तो एतिहासिक सहमति

नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ । दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् ।
सम्झौता अनुसार नेपालले चीनका १५ वटा विमानस्थलमा उडान अनुमति पाएको छ भने चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा हप्तामा २१ वटासम्म उडान गर्न पाउने भएको छ।

नेपाल र चीनबीच बेइजिङमा बिहीबार र शुक्रबार भएको दुई पक्षीय वार्तापछि नयाँ हवाई उडान सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको हो। नेपाल–चीन हवाई उडानमा यो सम्झौतालाई ‘ब्रेक थ्रु’ मानिएको छ। पर्यटन मन्त्रालयअन्तर्गतको हवाइ उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यले नेतृत्व गरेको नेपाली टोली र चीनको तर्फबाट सिभिल एभिएसन अथोरिटि अफ चाइनाको डेपुटी डाइरेक्टर जनरल बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा दुई दिन वार्ता भएपछि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

नयाँ व्यवस्थाअनुसार अबदेखि नेपाल चीनबीच हप्तामा ९८ उडान हुने छन्। यअघि ७० उडान पाउने व्यवस्था थियो। थपिएको फ्रक्वेन्सी काठमाडौं बाहिरका विमानस्थलमा लागू हुनेगरी सम्झौता गरिएको नेपाली प्रतिनिधि मण्डलका सदस्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।
हाल पाँच चिनियाँ एयरलाइन्सले सातामा ४६ पटक काठमाडौं उडान गरिरहेका छन्।

एयर चाइनाले छेन्दु- ल्हासा हुँदै काठमाडौं ३ र छेन्दु-काठमाडौं ७ उडान गरी सातामा १० उडान गर्छ।चाइना इस्टर्नले कुनमिङ-काठमाडौं रूटमा दैनिक २ उडान (सातामा १४) उडान गरिरहेको छ। त्यस्तै, चाइना साउदर्नले पनि सातामा १४ उडान गर्छ। यसले ग्वाङजाउ-काठमाडौं उडान गर्छ।त्यस्तै ल्हासा ट्रान्जिट बनाएर छेन्दुबाट काठमाडौं उडान गर्ने सिँचुवान एयरलाइन्सले पनि सातामा चार उडान गर्छ। छेन्दु-काठमाडौं रूटमा उडान गर्ने तिब्बत एयरलाइन्सले सातामा चार उडान गर्छ।

तर नेपाली एयरलाइन्सहरूले चीनका कुनै पनि विमानस्थलमा नियमित उडानको अनुमति पाएका छैनन्।नयाँ सम्झौतासँगै नेपालको हिमालय एयरलाइन्सले चीनका थप गन्तव्यमा उडान गर्न पाउने भएको छ। यसअघि विमानस्थलको नामै तोकेर पोइन्ट दिएकाले हिमालयले योजनाअनुसार उडान गर्न पाएको थिएन। अवदेखि हिमालयलाई आफूले चाहेको ठाउँमा उडान गर्ने बाटो खुला भएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!