Monday, July 12, 2021
Home > समाचार > काठमाण्डौंमा पहिलो पटक कपडा बैंक, यहाँबाट कपडा लाँदा पैसाको लेनदेन हुदैन (भिडियो)

काठमाण्डौंमा पहिलो पटक कपडा बैंक, यहाँबाट कपडा लाँदा पैसाको लेनदेन हुदैन (भिडियो)

काठमाडौँ : ‘हन्ड्रेड ग्रुप’ नामक फेसबुक ग्रुपका युवाहरूले अनौठो सामाजिक कार्यको थालनी गरेका छन् । अनामनगरमा पुरानो कपडाको ‘बैंक’ राखेर सो कार्यको थालनी गरेका हुन् ।उनीहरूले रूखको फेदमुनि सरसफाइ गरे। एउटा ठूलो र्‍याक राखे। र्‍याकमा छानो हाले। यो देख्नेहरूलाई सुरूमा ‘यी केटाहरू के गर्दैछन्’ भन्ने पनि लाग्यो। जब समूहले आफ्नो काम पूरा गर्यो, देख्नेहरू दंग परे।

समूहले त्यो ठूलो र्‍याकमा लुगाफाटा झुन्ड्यायो। जुत्ताहरू सजायो। गुडियादेखि झोलासम्म राख्यो। पुराना तर लगाउन र प्रयोग गर्न मिल्ने सामानहरू संकलन गरेर उनीहरूले ‘कपडा बैंक’ सञ्चालनमा ल्याए। यो बैंकमा पैसामा कारोबार हुँदैन, लेनदेन सित्तैमा हुन्छ। सडक किनारैमा रहेको यो नौलो अभियानले धेरैलाई आकर्षित गर्यो। सामान दिन चाहनेले सहज ठाउँ देखे, राम्रो काम भन्नेले सरहाना गरे।

सबभन्दा खुसी ती भए जसले यहाँबाट सामान लैजान पाए। आफूलाई आवश्यक परेका तर किन्न नसकेका जुत्ता र लुगा सित्तैमा पाउँदा को खुसी नहोला!
तीन दिनअघि मात्रै सञ्चालनमा आए पनि यहाँबाट सयभन्दा बढी मान्छेले आवश्यकता अनुरुप कपडा र सामान लिएर गएको विमल बताउँछन्। यसले समाजसेवाका साथै फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास समूहको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!