Thursday, July 15, 2021
Home > समाचार > ५ लाख नगद, आधा किलो सुन र कारसहित चोरेर यी दुई नेपाली युवा-युवतीले बेपता !

५ लाख नगद, आधा किलो सुन र कारसहित चोरेर यी दुई नेपाली युवा-युवतीले बेपता !

बेङ्लोर । कर्नाटक राज्यको बेङ्लोर बसनगुढी लालबाग नजिकैको अपारमेन्टमा काम गर्ने नेपाल घर सुर्खेत चौकुने गाउपालिका गुटु गाउँ निवासी तुलाराम देबकोटा र कैलाली घर भएकी एक महिलाको मिलिमतोमा आफैले काम गरिरहेको अपार्टमेन्ट बाट नगद पाँच लाख ,आधा किलो सुन र एउटा कार सहित चोरी गरि उक्त महिला र तुलाराम देवकोटा बेङ्गलोर देखि फरार भएको छन् ।

चोरी गर्ने आरोपिहरु नेपाल पुगिसकेको हुन सक्ने भारत स्थित नेपाली संगठनहरुले जानकारी गराएको छ्न । चोर चोरिगरी फरार भएपछी उक्त चोरहरुसङ्ग बातचित गरेको आधारमा आसपासका अन्य १२ जना नेपालिहरु ( ३ महिला ९ पुरुष ) लाइ भारतीय प्रसासनले गिरफ्तार गर्नुको साथै चोरी भएको क्षेत्र आसपासमा नेपालीहरु माथी तिब्र धरपकड थालेको छ ।

यसरी भारतीय प्रशासनको धरपकड गर्न थालेको खबर यहाँ सामाजिक संगठनहरुलाइ निबेदन आउन थाले पछि ,भारत स्थित ३ वटा नेपाली संगठनहरु १.अखिल भारत नेपाली एकता मंच २.प्रवासी नेपाली संघ भारत ३.अखिल भारत नेपाली एकता समाज (मुलप्रवाह) का जिम्मेवार नेताहरुले पहल गर्ने काम भयो ।

अखिल भारत नेपाली एकता मंच केन्द्रिय समिति सचीव गिरिधारी सुवेदी,राज्य सदस्य एवं मध्य” बि.नगर अध्यक्ष मिनेस रावल ,प्रवासी संघ भारतका केन्द्रिय सदस्य एवं कर्नाटका केरला संयुक्त राज्य अध्यक्ष रामचन्द्र भन्डारी,एकता समाज (मुलप्रवाह) का केन्द्रिय सदस्य मदन भन्डारी र देब साउद लगाएतको टिमले थुनामा रहेकाहरुको जिम्मेवारी लिएर थुना मुक्त गरेको छन् । यहि चोरी मुद्दा सम्बन्धमा भारतको गुजरात र माहारास्ट्रबाट पनि नेपालिहरुलाइ सिआइडिले गिरफ्तार गरि थुनामा राखिरहेको खबर छ । यसरी थुनामा राखेकारुलाइ अझै एक-दुइ दिन छानबिनको लागि राख्ने देखिएको छ ।

आफैले काम गर्ने अपार्टमेन्टमा चोरी गर्ने अन्य नेपालीहरुको समेत बिचल्ली बनाउने र नेपालीको नामलाइ बदनाम गर्ने ति चोरीगरि फरार युवा युवतीलाई नेपाल प्रहरीले यहि सूचनाको आधारमा पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याउन भारत स्थित नेपाली संगठनहरुले माग गरेको छ्न ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!