Saturday, July 10, 2021
Home > समाचार > यसरी सुरु भयो यी दुई कलिला दाजुबहिनीको कष्टका दिन

यसरी सुरु भयो यी दुई कलिला दाजुबहिनीको कष्टका दिन

काठमाडौं। सौतेनी आमाको कुटाई त्यी दुईले दैनिक रुपमै खाईरहन्थे । कसैलाई भने अझ पिट्ने आमाले धम्की दिन्थिन्। गत असार ६ गते शुक्रबार विद्यालयमा झोक्रिएर बसेका सुशिललाई शिक्षकले कारण सोधे तर बताएनन् । सीता मावि चरङ्गेका शिक्षक लेखनाथ थापाले ढाडमा के छोएका थिए शुशिल ऐया आमा भनेर चिच्याए ।

सर्ट निकालेर हेर्दा ढाडभरी नीलडाम र चोट देखिए । त्यसपछि यो घटना बाहिर आएको थियो । शिक्षकले कुटिएर सख्त घाइते देखेपछि बहिनी सिर्जनालाई सोधे । उनको पनि शरीरको विभिन्न अंगमा नीलडाम थिए । दाजुबहिनी नै कुटिएको देखेपछि छिमेकीलाई सोधीखोजी शिक्षकले गरे । त्यसपछि घरकै सानी आमाले पिटेको रहस्य खुले प्रहरीलाई खबर गरी दाजुबहिनीको उद्धार भएको थियो ।

सिर्जना दुई बर्षकी हुँदा उनकी आमाले दोस्रो विहे गरेर गएपछि जीतबहादुरले डिलमाया संग दोस्रो बिहे गरेका थिए । जीत बहादुर अहिले रोजगारीका लागि दुवईमा छन् । प्रहरीले पक्राउ गरेपछि फुपु दिदिको रहेका दुई बालकालिका आमा अदालतबाट छुटेर आएपछि पनि घर गएका छैन् । “आमा आएको थाहा पाएपनि उनीहरु घरमा गएका छैन्” त्यी बालबालिकाकी फुपु दिदि बसन्ती थापाले भनिन् । बाँकी भिडियोमा हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!