Friday, September 25, 2020
Home > समाचार > ऋषि धमलाले यसरी रुवाए फेरी एक पीडित महिलालाई (भिडियो सहित)

ऋषि धमलाले यसरी रुवाए फेरी एक पीडित महिलालाई (भिडियो सहित)

काठमाडौं, ९ साउन । वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठी र पीडित महिला मद्मा संग्रोलाबीच गरिएको जनता जान्न चाहन्छन् कार्यक्रम वास्तवमै भावुक बन्यो । पत्रकार ऋषी धमालाको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा न्यायपालिकाका कारण न्याय नपाएकी एक महिलाको पीडा साँच्दै मार्मीक छ । कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ता त्रिपाठीले पनि न्यायपालिकाले सय प्रतिशत न्याय दिन नसकेको बताए ।

उनले न्याय पालिका ट्रायलको प्रकृयामा रहेका कारण स्वतन्त्र ढंगले काम गर्न नपाएको बताए । यति हुँदाुहँदै पनि न्यायपालिकाको अर्काे विकल्प नभएको बताए । वित्तिय सस्था चलाउने ब्यक्तिको घर मद्माले होटल ब्यवसाय सञ्चालनका लागि भाडामा लिइन् । सुदर्शनराज पाण्डेको घर ति महिलाले भाडामा लिएकी हुन् । सम्झौता गरेर उनले पाँच वर्षको लागि भाडामा लिइन् ।

प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्नेगरी सम्झौता गरेकी पद्मा ठगीएपछि अहिले मिडियामा धरधरी रुने अवस्थामा पुगेकी छन् । कार्यक्रममा आएकी उनी बोल्न पनि सकिनन् । एक जना महिलाले दुईवटा बच्चा लिएर ८ जनालाई रोजगारी समेत दिएकी थिएं । उनले कार्यक्रममा भनिन् मेरो सम्पत्ती हडप्न मलाई जबरजस्ती घरजग्गा किन्न लगाइयो ।

आफै बित्तियसंस्था चलाउने सञ्चालकले म एउटा महिलालाई यसरी ठगे अब म के गरुँ उनले रुँदै भनिन् । उनले भाडामा लिएको घर करार अवधि नसकिदै करोडौं रुपैया ऋणमा लिएर त्यही घर धितोमा राखेर आफुलाई धितोमा राखेको घर जबरजस्ती किन्न लगाएको उनको भनाई छ । हेर्नुहोस् भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!