Tuesday, July 13, 2021
Home > समाचार > सुन लुकाएर काठमाडौं आएका धनकमल पक्राउपछि खुल्यो १६ किलोसुनको यस्तो रहस्य, प्रहरीनै चकित

सुन लुकाएर काठमाडौं आएका धनकमल पक्राउपछि खुल्यो १६ किलोसुनको यस्तो रहस्य, प्रहरीनै चकित

गोरखाको धार्चे गाउँपालिकास्थित केरौंजा यारुबगरका धनकमल गुरूङ खच्चड व्यवसायी हुन्। उनी आफैं ‘खच्चड ड्राइभर’ पनि हुन्।सोती बजारबाट खाद्यान्नलगायत सामग्री खच्चडमा बोकाएर उनले उत्तरी गोरखाका चुम तथा नुब्री भ्यालीका पसलसम्म पुर्‍याउँछन्।गत असार ११ गते पनि उत्तरी गोरखामा सामान पुर्‍याएर उनी खच्चड धपाउँदै माछीखोला फर्कंदै थिए। राती १० बजेतिर खोर्लावेंसीमा उनीमाथि आक्रमण भएको हल्ला चल्यो।

आठ/नौ जना युवाले धनकमलमाथि आक्रमण गरेका रहेछन्। उनीमाथि मध्यरातमा कसले किन आक्रमण गरेको खुलेको थिएन।घटना भएको एक सातासम्म पनि धनकमल परिवारको सम्पर्कमा आएनन्। परिवारले उनको खोजी गरिदिन प्रहरी गुहारे।प्रहरीले धनकमललाई यत्रतत्र खोज्यो।

‘कसैले मारेर बूढीगण्डकीमा फालिदियो कि भन्ने आशंकाले किनारामा पनि खोजी गरियो तर फेला परेनन्,’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरूङले भने।धनकमलमात्र होइन उनीमाथि आक्रमण गर्नेहरू पनि सम्पर्कविहीन थिए। दुबै पक्ष नभेटिएपछि घटना रहस्यमयी बन्दै थियो।बेपत्ता धनकमल र उनलाई आक्रमण गर्नेको खोजीमा ध्यान नदिएको भन्दै गोरखा प्रहरीको आलोचना भयो।आफ्नो कार्यक्षेत्रमा भएका घटनाको सूक्ष्म अनुसन्धान नगरी दिउँसै रक्सी खाएर बसेको आरोपमा गोरखाका तत्कालीन प्रहरी प्रमुख भोला रावलको असार २० गते सरूवा भयो।

नयाँ एसपी ओमप्रसाद अधिकारी गोरखा प्रहरी प्रमुखको रूपमा खटिए। उनले घटनाको सूक्ष्म अनुसन्धान सुरू गरे।धनकमल आक्रमणमा परेको क्षेत्रबाट केही युवा पक्राउ परे। बेपत्ता धनकमल खोज्दै जाँदा प्रहरीले १६ किलोग्राम सुन बरामद गरेको छ।धनकमल हराएको २६ दिनपछि प्रहरीले बुधबार उनलाई काठमाडौंमा फेला पार्‍यो। सोधपुछ गर्दा थाहा भयो- त्यो दिन उनी उत्तरी गोरखाबाट खच्चडमा सुन ल्याइरहेका थिए।

माछीखोलामा प्रहरी चौकी छ। दिउँसो सुन ल्याउँदा प्रहरीले सुइँको पाउन सक्ने ठानेर उनले राती नै माछीखोला कट्ने योजना बनाएका रहेछन्।तर माछीखोला नपुग्दै केही युवाले सुन खोस्न लागेको थाहा पाएपछि धनकमलले बोराभित्र राखेको रूमालमा बेरे। खच्चड त्यहीँ छोडेर उनी खोर्लावेंसी बजारदेखि एक किलोमिटरमाथि डाँडाको पहरामा पुगे।

त्यहीँ बसे पोल खुल्ने डरले उनी सुरक्षित ठाउँ खोज्दै काठमाडौं आए।तिब्बतबाट १६ वटा बिस्कुट सुन भारत पुर्‍याउन उनले भरियाको काम गरेका थिए।‘खच्चड व्यवसायी धनकमल सुन बोक्ने भरियामात्र हुन् कि तस्कर खुलेको छैन,’ माछिखोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तुलसीराम चौधरीले भने।लुटेराले सुन लुट्न खोजेपछि पहरामा लुकाएर आफू काठमाडौं आएको धनकमलले प्रहरीसँग बताएका छन्।धनकमलसँगै घटनास्थल पुगेको प्रहरीले बिहीबार बिहान रुमालले बेरेर बोरामा लुकाइराखेको अवस्थामा सुन फेला पारेका हुन्।

पछिल्लो समय तस्करहरूले गोरखालाई सुन तस्करीको नयाँ रूट बनाएका छन्।पोहोर भदौमा पनि गोरखामा १० किलो सुन बरामद भएको थियो।तिब्बतबाट उत्तरी गोरखा हुँदै ल्याउँदै गरेको सुनसहित सिर्दिवास प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।छेकम्पारको ङुइला नाका हुँदै नेपाल भित्रिएको उक्त सुन चुमनुब्री गाउँपालिका छेकम्पारका ५८ वर्षका छिरिङ ङुइटुप लामा र २८ वर्षका लोप्साङ तेन्जे लामाको साथबाट बरामद भएको थियो।चिनियाँ नागरिकबाट ५० हजार रुपैंया ज्याला पाउने भएपछि सुन बोकेको उनीहरुले प्रहरीलाई बयान दिएका थिए।

तिब्बतबाट गोरखामा अबैध सुन भित्रिएको घटना बढे पनि सीमानामा रहेको भन्सार कार्यालय कर्मचारीविहीन छ।लार्के भन्सार कार्यालय दशकदेखि बन्द छ। सेतोपाटीबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!