Monday, July 12, 2021
Home > समाचार > दुर्घटनाभै हस्पिटलमा उपचारको लागि पैसा सकिएपछि डाक्टरले मृ*त्यु घोषणा गर्यो, आफन्तले घाटमा श*व लगेर जलाउन लाग्दा युवक हलचल गरेपछी…

दुर्घटनाभै हस्पिटलमा उपचारको लागि पैसा सकिएपछि डाक्टरले मृ*त्यु घोषणा गर्यो, आफन्तले घाटमा श*व लगेर जलाउन लाग्दा युवक हलचल गरेपछी…

एजेन्सी । उत्तरप्रदेशको राजधानीमा एक युवकलाई चिहानमा गा*ड्नका लागि पूरा तयारी भइसकेको थियो । चिहान खनिसकिएको थियो र श*वलाई त्यहाँ राख्दै गर्दा परिवारका केही सदस्यले उनको शरीरमा हलचल देखे । अन्तिम संस्कारको प्रक्रिया तत्काल रोकेर उनलाई अस्पताल पुर्याइयो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ ।

वास्तवमा २० वर्षका मोहम्मद फुरकान २१ जुनमा एक दुर्घटनामा घाइते भएका थिए । त्यसपछ उनलाई नीजि अस्पतालमा भर्ना गरियो । डाक्टरले उनलाई सोमबार मृ*त घोषित गरेका थिए । उनलाई एम्बुलेन्समार्फत् उनको घर पुर्याइयो । भाइको यस्तो अवस्थालाई दाइ मोहम्मद इरफानले यसलाई अप्रत्याशित बताएका छन् । उनले भने, ‘परिवारलाई विश्वास भइरहेको छ । हामीले हाम्रो भाइ फिर्ता पायौं ।’

उनले भने, ‘भाइको उपचारका लागि निजी अस्पताले परिवारसँग सात लाख भारु लिइसकेका थिए । जब हामीले उनलाई हामीसँग पैसा नभएको बतायौं तब सोमबार फुरकानलाई मृ*त घोषित गरियो । अहिले उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।’

लखनउका मुख्य मेडिकल अधिकारी नरेन्द्र अग्रवालले भने, ‘हामीले मामलाबारे जानकारी लिँदै यसको अनुसन्धान थालेका छौं ।’ फुरकानको उपचार गरिरहेका डाक्टरले भने, ‘बिरामीको स्थिती गम्भीर छ तर उनी निश्चित रुपमा ब्रेन डे*ड छैनन् । उनको नाडी, रक्तचाप र दिमागले काम गरिरहेको छ । उनलाई भेन्टिलेर सपोर्टमा राखिएको छ ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!