Saturday, July 17, 2021
Home > समाचार > गुल्मी पहिरोमा परी मृ*त्यु हुनेको संख्या १३ पुग्यो , वेपत्ताको ३ दिनपछि यस्तो अवस्थामा श*व फेला !

गुल्मी पहिरोमा परी मृ*त्यु हुनेको संख्या १३ पुग्यो , वेपत्ताको ३ दिनपछि यस्तो अवस्थामा श*व फेला !

गुल्मी, ९ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा सोमबार राति आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार नेपाली सेनाले तीन दिनदेखि वेपत्ता श*व फेला पारेपछि मृत**कको संख्या बढेको हो ।सोमबार वडा नम्वर ३ र ४ मा गरि ९ जना जनाको श*व फेला परेको थियो भने ४ जना बेपत्ता थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लिम्घाको भीरकुनाका ८ वर्षीया तारा विकको श*व फेला परेको उनले बताए ।पहिरोमा बेपत्ता लुम्पेक, सिङदीकी ४० वर्षीया माया विक र उनका छोरा १५ वर्षीय बबी विकको शव बुधबार भेटिएको हो । सत्यवतीकै, लिम्घा भीरकुना पहिरोमा हराइरहेकामध्ये ६ वर्षीय सुमन विकको श*व पनि बुधबार फेला परेको थियो ।

घाइते शिक्षण अस्पतालमा
पहिरोमा पु*रिएर घा*इते भएका सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा बुधबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भैरहेको मन्त्री ज्ञवालीको सचिवालयका सुदन ज्ञवालीले जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!