Friday, September 18, 2020
Home > समाचार > विद्यालयबाटै हराएकी ८ बर्षीया बालिका २२ दिनपछि यस्तो अबस्थामा फेला

विद्यालयबाटै हराएकी ८ बर्षीया बालिका २२ दिनपछि यस्तो अबस्थामा फेला

बैतडी । विद्यालयबाटै हराएकी बैतडीकी एक बालिका २२ दिनपछी मृुत फेला परेकी छन् । मृत फेला पर्नेमा बैतडीको दोगडाकेदार २ ढिकगाडकी ८ बर्षीया कलावती सार्की रहेकी छन् ।

१७ गतेदेखि हराईरहेकी सार्की लिका दशरथचन्द नगरपालिका ४ को ईश्वर आधारभूत विद्यालयको माथिपट्टी रहेको खोल्सामा भेट्टिएको बताइएको छ ।। बुधवार अपरान्ह बाख्रा चराउन गएका गोठालाले बालिकाको शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बालिकाको अस्थिपञ्जरसंगै उसले बोकेका कापीकिताव पनि फेला परेको बतायएको छ ।कलावतीका बुवा खडक सार्कीका अनुसार आफूले छोरीलाई असार १७ गते विद्यालय पुर्याएपछि बेपत्ता भएकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!