Tuesday, September 29, 2020
Home > समाचार > ओलीले ब्रिटेनका प्रधानमन्त्री भनेर अर्कैलाई बधाई दिएपछि, सामाजिक सञ्जालमा हासोका पात्र बने

ओलीले ब्रिटेनका प्रधानमन्त्री भनेर अर्कैलाई बधाई दिएपछि, सामाजिक सञ्जालमा हासोका पात्र बने

ब्रिटेनमा बुधबार नयाँ प्रधानमन्त्रीको रुपमा बोरिस जोनसन चयन भए। उनले हिजै बकिङघम दरबारमा एलिजावेथ द्वितीयसँग भेटवार्ता गरे। ब्रिटेनलाई अगामी अक्टोबर ३१ भित्र युरोपेली संघ (इयु)बाट बाहिर निकाल्ने योजनासहित उनी प्रधानमन्त्री बनेका हुन्। बिहीबारसम्म उनले नयाँ मन्त्रिपमण्डल गठन गरिसकेका छन्। यता नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै बधाई दिएपछि सामाजिक सञ्जालमा हासोका पात्र बनेका छन् ।

बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनभन्दै अरु कसैको ट्वीटर ‘ह्याण्डल’लाई मेन्सन गरेर प्रधानमन्त्री ओलीले बधाई दिएको केही समयपछि त्यसलाई डिलिट गरेर सही ह्याण्डललाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ। ट्वीटमा गल्ती भएको पत्तो पाएको करीब १० मिनेटमा ट्वीट डिलिट गरेर अर्को ट्वीट गरिएको पाइएको छ ।

प्रधानमन्त्री ओलीले @borisjonson लाई बधाई ज्ञापन गरेका छन्। यो ह्यान्डलका जम्मा ९ जना फलोअर छन्। फ्रोफायल फोटो छैन। बायो खाली छ। परिचयमा केही उल्लेख छैन। यो ह्यान्डलका ९ फलोअर मध्ये ओलीले मेन्सन गरेपछि ५ जना थपिएका हुन्। ती ५ वटै नेपाली ह्यान्डलहरु हुन्। हेर्नुहोस् प्रधानमन्त्रीले गरेको ट्विटको स्क्रिन सट:

ओलीले आफ्नो निजी ह्यान्डलबाट यो बधाई ज्ञापन गरेका हुन्। विगतमा प्रधानमन्त्री कार्यालयको ह्यान्डल सिर्जना गरेको थियो। उनले आक्कल झुक्कल मात्र त्यो ह्यान्डल प्रयोग गर्ने गरेका छन्। सरकार प्रमुखको काम कारवाहीका लागि उनले आफ्नो निजी ह्यान्डल उपयोग गर्दै आएका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!