Friday, June 18, 2021
Home > Uncategorized > सुध्रिन नसकेकी ‘काण्डकारी’ जवान श्रीमति! जस्ले परपुरूषसँग लागेर गरिन श्रीमानकाे यस्तो दुर्दशा!

सुध्रिन नसकेकी ‘काण्डकारी’ जवान श्रीमति! जस्ले परपुरूषसँग लागेर गरिन श्रीमानकाे यस्तो दुर्दशा!

सन्धिखर्क, २५ भदौ । परपुरुषसँग मिलेर आफ्नै पतिको हत्या गर्ने कपिलवस्तुकी राधा घर्तीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । राधासँग उनका प्रेमी रमेश विक र राधाकी आमा बसुन्धरा बस्यालाई पनि सार्वजनिक गरिएको छ । अर्घखाँची प्रहरीले पत्रकार सम्मेलन गरेर राधा घर्तीका पति धनबहादुर घर्तीको हत्या प्रकरणका बारेमा जानकारी गराएको हो । कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिका निवासी राधाले

भदौ ९ गते आफ्नै घरमा प्रेमी रमेश विकलाई राखेर तीन दिनसम्म अवैध यौनसम्बन्ध बनाएकी थिइन् । छिमेकीहरूले रमेश विकका बारेमा सोधपुछ गर्न थालेपछि राधाले प्रेमी रमेश विकलाई साथमा लिएर बाडगंगाबाट माइती जिल्ला अर्घखाँची पुगेकी थिइन् । कामको सिलसिलामा बागलुङमा रहेका पति धनबहादुर घर्तीले पत्नीको गलत क्रियाकलापको सुईको पाइसकेका थिए ।

झन् पत्नी माइत गएको थाहा पाएपछि बागुलङबाट भदौ १२ गते धनबहादुर घर्ती बाडगंगास्थित घरमा आइपुगेका थिए । परपुरुषसँग माइतीमा रहेको थाहा पाएपछि धनबहादुर घर्ती भदौ १३ गते साँझ अर्घखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १२ स्थित ससुरा पुनाराम बस्याल र सासु बसुन्धरा बस्यालको घरमा पुगेको प्रहरीले जनाएको छ ।

रक्सी र कुखुराको मासु
ससुरा पुनाराम बस्याल, पत्नी राधाका प्रेमी रमेश विक र धनबहादुर घर्तीले राति साढे आठ बजेसम्म कुखुराको मासु र रक्सी खाएका थिए । त्यस क्रममा धनबहादुर घर्तीलाई अत्याधिक रक्सी सेवन गराइएको थियो । रक्सी सेवनका बेला रमेश र धनबहादुरको भनाभन पनि भएको थियो ।

राधालाई लिएर भुइँतलामा झरे रमेश
रक्सी सेवन गरेर भुइँतलामा सुतेका धनबहादुर घर्तीलाई भदौ १३ गते राति ११ बजे रमेश विक र राधा घर्तीले हत्या गरेको प्रहरीले जनाएको छ । राति ११ बजेदेखि ११ः५५ मिनटभित्रको समयमा धनबहादुरको हत्या भएको थियो । धनबहादुरको घाँटीमा रमेश विकले थिँचेका थिए । राधाले आफ्नै पति धनबहादुर घर्तीको अण्डकोषमा लात्तिले पटक–पटक प्रहार गरेकी थिइन् । हत्या गर्नु अगाडि सासु बसुन्धरा बस्यालले घरभित्र ज्वाइँ धनबहादुर घर्तीको हत्या नगर्न बरु घर बाहिर लगेर हत्या गर्न सुझाव दिएकी थिइन् । तर, रमेश विकले केही हुँदैन घरभित्रै सुरक्षित हुन्छ भनेपछि घरभित्रै हत्या गर्न सासु बसुन्धराले स्वीकृति दिएकी थिइन् ।

शव फाल्ने ठाउँ सासुले देखाइन्
धनबहादुर घर्तीको हत्या भइसकेपछि सासु बसुन्धरा बस्यालले शव फाल्ने स्थान देखाइदिएकी थिइन् । धनबहादुरको शवलाई सडकदेखि १५ फिट तल खोल्सामा बोरामा हालेर हात खुट्टा बाँधिएको अवस्थामा फालिएको थियो ।

पतिको सनाखत गर्न अस्वीकार
भदौ १८ गते बिहान करीव ८ बजे जंगलमा दुर्गन्धन फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पहिचान गर्न राधालाई स्थानीयको सहयोगमा प्रहरीले बोलाएको थियो । तर, राधाले शवको सनाखत गर्न अस्वीकार गरेर फिर्ता भइन् । त्यस बेला राधालाई तिम्रै पतिको शव जस्तो छ भनेर स्थानीयले भनेका थिए । राधाले झर्किदै भनेकी थिइन्, ‘मेरो श्रीमान् मैले चिन्ने हो कि तपाईले ?’ त्यसपछि राधामाथि प्रहरीले निगरानी शुरु गरेको थियो ।

स्थानीयले शव त राधाका पति धनबहादुर घर्तीको जस्तो छ भनेर भनेपछि पुनः राधालाई सनाखत गर्न बोलाइएको थियो । राधाले घडीसहितका सामानले आफ्नो पति भएको स्वीकार गरेकी थिइन् । पहिलो पटक शव सनाखत नगरेर गएकी राधाले घरमा शंकास्पद गतिविधि देखाएको प्रहरीले जनाएको छ ।

राधा र रमेशबीच ४–५ वर्षदेखि यौनसम्बन्ध
धनबहादुर घर्तीसँग विवाह गरेकी राधा घर्ती विगत ४–५ वर्षदेखि पश्चिम रुकुमका विवाहित रमेश विकसँग अवैध यौनसम्बन्ध र प्रेममा थिइन् । उनीहरू भारतमा झण्डै तीन वर्ष अगाडि एक वर्षसम्म पति–पत्नीका रुपमा सँगै बसेका थिए । त्यस बेला राधाको कोखमा रमेश विकको ८ महिनाको गर्भ पनि थियो । तर, राधाका पति धनबहादुर घर्तीले जे भए पनि पत्नीलाई स्वीकार गर्छु भनेर ल्याएका थिए । राधालाई नेपालमा ल्याएर आठ महिनाको गर्भ फालेर राम्रोसँग बसेका थिए ।

राधाले नै रमेशलाई बोलाइन्
३३ वर्षीय राधा घर्तीकै आग्रह र सल्लाहमा ३० वर्षीय रमेश विक भदौ ९ गते साउदी अरबबाट नेपाल आएका थिए । काठमाडौंबाट सिधै कपिलवस्तुको बाडगंगास्थित राधाको घरमा पुगेर रमेश विक तीनदिनसम्म त्यहीँ बसेका थिए । तीनदिन बसेपछि राधा घर्ती र रमेश विक एक साथ राधाको माइती घर अर्घखाँचीको सन्धिखर्क गएका थिए । माइतीमा नै राधा र रमेशले धनबहादुरको हत्या गर्ने योजना बनाए । उनीहरूले धनबहादुर घर्तीको हत्या गरेर सधैका लागि एकसाथ बस्ने तयारी गरेका थिए ।

पतिले दिएका थिए राधालाई सुध्रिने मौका
राधा घर्ती र पश्चिम रुकुमको बाफिकोट गाउँपालिका वडा नं. १ का रमेश विकबीच सम्बन्ध रहेको राधाका पति धनबहादुर घर्तीलाई थाहा हुँदाहुँदै पनि अनदेखा गरेका थिए । तैपनि राधालाई सुध्रिने मौका पटक–पटक दिए । तर, राधाले कहिल्यै पनि आफूलाई सुधार गर्न चाहिनन् । रमेश विकसँग अवैध यौनसम्बन्धमा रहिन् ।

राधाको नाममा लाखौँको सम्पत्ति
राधा घर्तीको नाममा बाडगंगा नगरपालिकामा दुई ठाउँमा घडेरी छन् । घडेरीको बजार मूल्य ७०–७५ लाख पर्ने प्रहरीले जनाएको छ । राधाको नाममा १०–१२ लाख बैंक ब्यालेन्स छ । राधाले ३–४ लाख रुपियाँ व्याजमा पनि लगाएकी छिन् । पति धनबहादुर घर्तीले राधाको चरित्रबारेमा जानकार हुँदाहुँदै पनि विश्वास गरेर नगदका साथै घडेरी नाममा गरिदिएका थिए ।

यसरी बन्यो रमेशलाई पक्राउ गर्ने योजना
धनबहादुर घर्तीको हत्या गरेर फरार रहेका रमेश विकलाई पक्राउ गर्न पश्चिम रुकुम र सल्यान प्रहरीका साथै नेपाल टेलिकमको सहयोग अर्घखाँची प्रहरीले लिएको थियो । धनबहादुरको हत्या राधा र प्रेमी रमेश मिलेर गरेको पुष्टि भइसकेपछि प्रहरीले रमेशलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको थियो ।

रणनैतिक रुपमा राधाले थाहा नपाउने गरी निगरानीमा राखेको थियो । राधालाई पक्राउ गरिएको थिएन । राधाले रमेशसँग पटक–पटक फोनमा सम्पर्क गरेकी थिइन् । त्यही मोबाइल सम्पर्कले रमेशको लोकेशन पत्ता लगायो । प्रहरीले बाफिकोट, खलंगाबजार हुँदै सल्यानको शीतलपाटीमा रमेशलाई पक्राउ गरेको थियो । रमेश नेपालगञ्ज, रुपैडिहवा हुँदै भारत प्रवेशको योजनामा थिए ।

राधामाथि रमेशको अविश्वास
धनबहादुरको हत्यापछि फरार रहेका रमेशले राधालाई पनि विश्वास गरेका थिएनन् । राधाले पक्राउ गराउन आफूलाई फोनमा सम्पर्क गर्ने गरेको आशंका गरेका थिए । धनबहादुरको हत्याका विषयमा फेसबुकबाट जानकारी लिँदै आएका थिए । रमेशले राधालाई पनि प्रहरीको अनुसन्धानका बारेमा सोध्ने गर्थे । रमेशले राधालाई विभिन्न बहाना बनाएर पन्छाउने प्रयास गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!