Thursday, October 1, 2020
Home > समाचार > मकवानपुरमा भारतीय ट्रकले ५ सवारीसाधनलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु , आँठ घाइते

मकवानपुरमा भारतीय ट्रकले ५ सवारीसाधनलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु , आँठ घाइते

मकवानपुरमा भारतीय ट्रकले ५ सवारीसाधनलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ ।उक्त दुर्घटनामा परी आँठ जना घाइते भएको बताइएको छ ।हेटौंडा उपमहानगरपालिका १५ मा एमएन ०१ डी ८०३१ नम्बरको भारतीय लहरी ट्रकले २ वटा बस, १ टाटा सुमो, १ अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिँदा मृत्यु हुनेमा नाम नखुलेका मोटरसाइकलका चालक र अटो रिक्साका चालक रहेको प्रहरीले जनाएको छ । दुर्घटना चुरियामाई मन्दिरबाट १ सय मिटर हेटौँडातर्फको सडकमा भएको हो । दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खुलिनसकेको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!