Tuesday, September 29, 2020
Home > समाचार > दुःखद खबरः गुल्मीमा गयो भिषण पहिरो, अहिलेसम्म १० जनाकाे ज्यान गयो

दुःखद खबरः गुल्मीमा गयो भिषण पहिरो, अहिलेसम्म १० जनाकाे ज्यान गयो

काठमाडौं– गुल्मीको सत्यवती गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर मृ)त्यु हुनेको संख्या १० पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ मा ८ र ३ मा २ जनाको गरी मृत्यु हुनेको संख्या १० पुगेको हो । सत्यवती–४ भिरकुनामा स्थानीय छलि विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर पुरिएको छ । पहिरोमा घर पुरिँदा ७० वर्षीय छलि विक, ३२ वर्षीया निर्मला विक, २९ वर्षी पम्झा विक रहेकि छिन् ।

त्यस्तै, १२ वर्षी अञ्जली विक, ९ वर्षीय तारा विक, ९ वर्षकी सिवानी विक, ५ वर्षीय हिमांशु विक र नाम नखुलेका १ वर्षी बालक गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा लिकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घर पुरिँदा मृतक तिलकुमारीकी १२ वर्षीय छोरी करिष्मा र १४ वर्षी छोरी धनी घाइते भएका छन् ।

वाड नम्बर ३ कै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किँदा २ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । उनीहरुको खोज्ी भइरहेको जनाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!