Friday, September 18, 2020
Home > Uncategorized > २ दिनदेखि झापामा मुसलधारे बर्षा, सतर्क रहन स्थानियहरूलाइ अपिल

२ दिनदेखि झापामा मुसलधारे बर्षा, सतर्क रहन स्थानियहरूलाइ अपिल

झापा, ७ साउन । झापामा विगत २४ घन्टादेखि पानी परिरहेको छ । जसले गर्दा स्थानीय नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेका कारण स्थानीय नदीले क्षति पुर्याउन सक्ने भन्दै नदी आसपासमा बसोवास गर्ने स्थानीयलाई सतर्क रहन भनिएको छ । विगत २४ घन्टामा झापामा १४८.६ मिलिमिटर वर्षा भएको वर्षा मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि खतराको संकेत पार गरेको मानिन्छ ।

अहिले झापामा रहेको विपत् सूचना केन्द्रमा खतराको साइरन बजिरहेको झापाका स्थानीय संचार माध्ययमले जनाएका छन् । झापाका कन्काई, बिरिङ, रतुवा, कमल नदीहरूमा पानीको सतह साबिकभन्दा उच्च देखिएको छ । त्यसैले ती नदीहरूमा बाढी आउन सक्ने भन्दै सरकारले त्यस आसपास नजान र सतर्क रहन स्थानीयलाई एसएमएसमार्फत सूचना जारी गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!