Thursday, October 1, 2020
Home > समाचार > खुशीकाे खबरः नेपाली कामदारहरू जापानमा काम गर्न पाउने पक्का भए…

खुशीकाे खबरः नेपाली कामदारहरू जापानमा काम गर्न पाउने पक्का भए…

काठमाडौं, ६ साउन । जापानले रोजगारीका लागि नेपाली कामदार लैजाने पक्का भएको छ । त्यसका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने निर्णय भएको हो । भाषा परीक्षापछि सीप परीक्षण समेत गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ ।

मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा सञ्चालन गर्ने तयारी पुरा भएको छ । ‘जापान रोजगारीका लागि पहिलो चरणमा केयर गिभर (नर्सिङ केयर) मा कामदार लैजानेछ’, उनले भने । सीप र भाषाको परीक्षा जापान सरकारले तोकेका संस्थाले लिनेछन् । जापानले रोजगारीको अवसर खुलाएका देशका नागरिकका लागि तोकिएको सीपमा जापानमा पनि परीक्षा सञ्चालन गरी कामदार आपूर्ति भइरहेको छ ।

कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने उनले बताए । नर्सिङ केयरका लागि अरु योग्यता र तालिमको प्रमाणपत्र अनिवार्य गरिएको छैन । नर्सिङ केयर क्षेत्रमा रुचि भएका तथा भाषामा निपुर्ण भएका जोकोही जापान जान पाउनेछन् । नर्सिङ केयरका लागि परीक्षा सञ्चालन प्रक्रिया सुरु भए पनि कति कामदार लैजाने भन्ने यकिन भइसकेको छैन ।

जापानमा वृद्ध जनसंख्या बढ्दै गएकाले जापानले पहिलो चरणमा उनीहरूको हेरचाहलाई लक्ष्य गरेर नर्सिङ केयरमा कामदार लैजान लागेको हो । कामदार जापान लैजाने प्रक्रिया अघि बढेसँगै वैदेशिक रोजगार विभागमा जापान रोजगार युनिट स्थापना गर्ने तयारी अन्तिमचरणमा पुगेको छ । वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईँले परीक्षा सञ्चालनका लागि गृहकार्य सुरु भएको बताए ।

जापान युनिटका लागि सम्पर्क व्यक्तिका रूपमा गुरागाई तोकिएका छन् । कुनै विषय आएमा विभागबाट गर्नुपर्ने काम उनकै नेतृत्वमा हुनेछ । जापानले नेपालसहित ९ देशबाट आगामी ५ वर्ष्भित्र नौ मुलुकबाट ३ लाखभन्दा बढी कामदार लैजान लागेको छ । जापानले ती देशसँग श्रम समझदारी गर्दै आएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!