Sunday, September 27, 2020
Home > भिडियो > शिल्पा र छबि काण्डको वास्तविकता यस्तो! को हुन शिल्पाका पुर्वपति र छविराजका चार श्रीमति

शिल्पा र छबि काण्डको वास्तविकता यस्तो! को हुन शिल्पाका पुर्वपति र छविराजका चार श्रीमति

चलचित्र निर्माता छविराज ओझाले अबका दिनमा पत्नी एवं अभिनेत्री शिल्पा पोखरेललाई गाली गजौल तथा हातपात नगर्ने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अभिनेत्री शिल्पा पोखरेलले आफूलाई पति तथा श्रीमान् छविराज ओझाले हातपात गरेको भन्दै २२ असारमा महानगरीय प्रहरी परिसर काठमाडौंमा ओझाविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीको रोहवरमा भएको छलफलमा आफ्नै पत्नी शिल्पासँग विगतमा भएको झगडाको बारेमा पति छविराजले माफी मागे ।

भिडियोः

छविराजले माफी माग्दै अबका दिनमा कुनै झैझगडा तथा हातपात नगर्ने भनेर पत्नीसँग मिलापत्र गरेपछि पछि उनीहरूको विवाद टुंगिएको हो । तर, अभिनेत्री शिल्पाले आफ्नो ज्यानको सुरक्षालाई ध्यानमा राख्दै तत्काल घर नफर्किने बताएकी छन् । बुधबार शिल्पाका पति छविराजले आफूले पत्नी शिल्पालाई कुनै हातपात नगरेको सामान्य भनाभन मात्र भएको बताएका थिए । अभिनेत्री शिल्पाले आफूमाथि घरेलु हिंसा भएको दाबी गर्दै राजधानीसँग भनिन्, ‘गत असार ८ गते दुई जना साथीसँग म फिल्म हेर्न जान्छु भन्दा छविराज ओझाले मेरो गाल र कानमा हिर्काउँदा कानको जाली फुट्यो र गाला सुन्नियो ।

उहाँले मलाई मार्ने उद्देश्यले घाँटी थिचेपछि म फुत्किएर ज्यान बचाएर घरबाट भागेकी हुँ ।’उनले अगाडि थपिन्, ‘मेरो ज्यानको सुरक्षा अहिले पनि नभएका कारण म अहिले नै घर फर्किन्नँ । वकिलसँग सल्लाह गरेर अब के गर्ने र कसरी म सुरक्षित हुने भन्ने ग्यारेन्टी गरेर मात्र अगाडीको कदम चाल्नेछु ।’ आफू घर कहिले फर्कने भन्ने अहिले नै निर्णय गर्ने अवस्था नरहेको र पहिला आफू घरेलु हिंसाबाट कसरी सुरक्षित हुने भन्नेबारे उपाय खोजिरहेको पनि यी अभिनेत्रीले राजधानीलाई बताइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!