Thursday, October 1, 2020
Home > अन्तराष्ट्रिय > OMG! अचानक समुद्रमा खस्यो बोइङको विमान, यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त विमान!

OMG! अचानक समुद्रमा खस्यो बोइङको विमान, यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त विमान!

एजेन्सी। बोइङको एक हवाइजहाज ल्याण्ड गर्नुभन्दा ठिक पहिले समुद्रमा डुब्यो । जतिबेला विमान समुद्रमा डुब्यो त्यतिबेला विमान र रनवेको दूरी १५०० फिट मात्र बाँकी थियो । सेप्टेम्बर २०१८ मा भएको यो दुर्घटनाको जाँच रिपोर्ट अहिले सार्वजनिक गरिएको छ । रिपोर्टमा दुर्घटनाको कारणबारे उल्लेख छ ।

एयर निउगिनी एयरलाइन्सको विमान माइक्रोनेशियामा ल्याण्ड गर्नुपर्ने थियो । तर विमान रनवेभन्दा ठिक अगाडि प्रशान्त महासागरमा खस्यो । पपुवा न्यूगिनी दुर्घटना अनुसन्धान आयोगले आफ्नो फाइनल रिपोर्टमा भनेको छ ‘विमानको अटोमेटिक सिस्टमले पटक पटक चेतावनी दिएको थियो तर पाइलटले त्यसलाई बेवास्ता गरे । यही कारण दुर्घटना भयो ।’

रिपोर्टका अनुसार विमानको सिस्टमले चेतावनी दिएको थियो । आवाज र लाइटको माध्यमबाटसन्देश दिइएको थियो । दुर्घटनाको बेला ककपिटमा रेकर्ड गरिएको एक भिडियो पनि जारी गरिएको छ । भिडियोमा को पाइलटले ‘हामी धेरै तल छौं, हामी धेरै तल छौं’ भनिरहेको सुन्न सकिन्छ ।

विमान समुद्रमा डुबेपछि ३४ जनालाई बचाइएको थियो । एक जनाको भने मृत्यु भएको थियो । रनवेनजिकै दुर्घटना भएका कारण कैयौं डुंगाहरु तत्काल विमाननजिक पुगेका थिए । अमेरिकी नेभीले धेरैजसो यात्रुको उद्धार गरेको थियो । जाँच रिपोर्टमा पाइलटको नाम उल्लेख गरिएको छैन । तर, रिपोर्टमा प्रस्ट भनिएको छ कि उनले कैयौं चेतावनी सन्देशलाई अस्वीकार गरेका थिए ।

भिडियोमा हेर्नुहोस् यसरी खसेको थियो विमान

Leave a Reply

error: Please Dont Copy My Content!! !!