Friday, September 18, 2020
Home > समाचार > भोट दिएर जिताएका नेता हेलिकोप्टरमा घुम्न आए, डाक्टर केसी भगवान बनेर आए…

भोट दिएर जिताएका नेता हेलिकोप्टरमा घुम्न आए, डाक्टर केसी भगवान बनेर आए…

काठमाडौं । डा गोविन्द केसी हरेक वर्ष झैं तराईमा बिपत्ती परेको तराई झरेका छन् । हरेक वर्ष वर्षा लाग्नासाथ सिमानामा बनाएका भारतीय बाँध, नदिमा निर्माण गरिएका ड्यामका कारण नेपाली भूमी डुवानमा पर्ने गरेको छ । पूर्वमा सप्तकोशी, कमला नदी तथा पश्चिममा राप्ती नदिले डुवान पार्ने गरेको छ । ति नदिहरुमा भारतले बाँध निर्माण गरेको छ । आफ्ना भूमीमा नागरिक नडुबुन् भनेर भारतले वर्षामा समेत ति बाँधका ढोका खोल्दैन ।

तर नेपाली जनताको सेवाका लागि भन्दै भोट लिएर सत्तामा पुगेका नेताहरुनै भारतका कारण तराई डुबेको भन्न सक्दैनन् । केही दिन पहिले चार मन्त्रीसहित नेपाली सेनाको हेलिकोप्टरमा निरीक्षण गर्न गएका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ लगायतका नेताहरुले तराई–मधेश डुब्नुमा भारत जिम्मेदार नभएको बताए । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिले झण्डै १ सय जनाको ज्यान लिएको विपत्तीको जिम्मा चुरे क्षेत्रले लिनुपर्ने प्रतिकृया दिए ।

तर अर्को तिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भने तराईका बाढी–डुबान आउँनुमा भारतको ठुलो हात भएको बताउँदै अहिले जनताको घरदैलोमा पुगेका छन् । तर सत्तामा पुग्दा भने काँग्रेसको पनि बोलि फेरीन्छ । सत्तामा पुग्दा एउटा बोली र सत्ता बाहिर आउना साथ अर्को बोली बोल्नु नेताहरुको बानी भइसकेको छ । यो वर्ष पनि वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा गोविन्द केसी तराईमा पुगेर बाढी पीडितहरुको स्वास्थ्य परिक्षणमा जुटेका छन् ।

भारतीय बाँधका कारण वर्षा र बाढीको पानीको निकास नभएर सवै भन्दा बढी क्षति र विस्थापित भएका रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा उनले बाढीबाट प्रभावित पीडितहरुको स्वास्थ्य परीक्षण गरेका छन् । विनाशकारी बाढीको डुबानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै गएको देखिएपछि शुक्रवार बिहानै रौतहट सदरमुकाम गौरबाट औषधि, कपडालगायतका राहत सामग्री लिएर केसी बस्तीमा पुगेका हुन् ।

उनले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा शिविर खडा गरी त्यहाँ आउने बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका छन् । बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परीक्षण गरेर औषधी वितरण गरिएको केसीले बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!