Friday, September 18, 2020
Home > बिजनेस > ओली सरकारको अर्को सफलता : आजै साँझदेखि डिपाेमै पाईपलाईनबाट तेल आउँन थाल्यो!

ओली सरकारको अर्को सफलता : आजै साँझदेखि डिपाेमै पाईपलाईनबाट तेल आउँन थाल्यो!

काठमाडौ । नेपालमा पाईपलाईनबाट पेट्रोलियम पदार्थ आउँन सुरु भएको छ । नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाईपलाईन तयार भएपछि डिजेल आउँने सुरु भएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) को मातिहारी डिपोबाट दिउँसो २ बजेबाट छाडिएपछि डिजेल आज साँझ ६ बजेदेखि नै नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आईपुगेको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए ।

नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि यो काम तिब्र गतिमा अघि बढेको हो ।पाईपलाईनको सबै परीक्षण सकिएपछि डिजेल पठाएको बताए । आइओसीको अनुदानको सहयोगमा बनेको पाईपलाईनबाट आउँने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने खन्याईने छैन । डिजेल पाईपमै राखिनेछ । उनले उद्घाटनको दिनमात्र भल्ब खोलेर डिजेल पाईपबाट भण्डारगृहमा पठाईने उनको भनाई छ ।

अगस्ट १५ भित्र उद्घाटन गर्ने तयारी पनि रहेको छ। पाईपलाईनबाट आएको तेल भण्डारन गर्नका लागि अमलेखगन्जको डिपोमा ४ वटा ट्यांकी समेत बनिसकेका छन् । उनका अनुसार २ वटा ट्यांकी ३९ किलोलिटर र २ वटा ट्यांकी ४१ किलोलिटर क्षमताका छन् । उनले नेपालतर्फ ३६.२ किमि पाइपलाइन र भारततर्फ ३२.८ किलोमिटर पाइपलाइन बिछ्याइएको छ ।

पाइप बिछ्याउने काम सकिएपछि पानी हालेर ‘हाइड्रोलिक टेस्ट’ सुरु गरिएको थियो । उक्त परीक्षण सफल भएपछि तेल ल्याउँन थालिएको हो । पाईपलाईनबाट तेल आउँने भएपछि नेपालको बार्षिक २ बर्ष जोगिनेछ । यसले गर्दा सिमामा बिवादका कारण ट्यांकर रोकिने ,ट्राफिक जाम र पेट्रोलियम पदार्थको चुहावट जस्ता समस्या समाधान हुनेछ ।

याे पनि हेर्नुसः निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद उत्कर्षमा छ । लामो समय प्रेम गरेर यो जोडीले तीन वर्ष अघि गोप्य रुपमा बिहे गरेका थिए । अहिले भने उनीहरु झगडा छताछुल्ल पोखिएको छ । सबै कुरा मिडियामा आएको छ ।अहिले शिल्पाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन् ।यसै बिचमा एक अन्र्तवार्तामा नायिका शिल्पाले आफुलाई फिल्म कर्मीले साथ नदिएको बताएकी छन् । उनले छन् कोही पनि कसैको पक्षमा नबोलेको बताएकी छन् ।

तपाईंमाथि सम्पत्तिको लोभले छुट्टिन खोज्नुभएको छ भन्ने आरोप लागेका ेछ नी भन्ने प्रश्नमा उनले आफुलाईm सबैले यसतो आरेप लगाउको तर त्यो सबै झुट भउको बताएकी छन् । उनले अगाडी आरेप लाउनेलाई भनिन् सायद उहाँहरूलाई थाहा थिएन कि अग्नि साक्षी रोखेर बिहे गरेको मितिबाटै म उहाँकी पत्नी भइसकेकी थिएँ ।

बिहे दर्ता भए पनि नभए पनि परम्परागत बिहे त गरेको हो नि । त्यही मितिलाई कानुनले मान्यता दिन्छ । तर, जहाँ माया छैन, त्यहाँ सम्पत्तिले केही गर्दैन । उहाँलाई मैले त्यही दिन लात्तीले घचेटेर नहिँडेको भए अहिले बोलिरहेको पनि हुन्नथेँ होला । सायद ‘शिल्पाले आत्महत्या गरिन्’ भनेर समाचार आउँथ्यो होला । उनले कसैले मेरो पिडा बुझ्न भन्दा पनि सबै मेरो कान फुटेको छ कि छैन भन्नेतिर गएको बताएकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!