Friday, September 25, 2020
Home > समाचार > पंगेनी र शेर्पा एकै ठाउँमा जम्काभेट, प्रहरी परिसरमै चल्यो घम्साघम्सी, यस्तो रहेछ सत्यता (भिडियो)

पंगेनी र शेर्पा एकै ठाउँमा जम्काभेट, प्रहरी परिसरमै चल्यो घम्साघम्सी, यस्तो रहेछ सत्यता (भिडियो)

काठमाडौँ। चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान अध्यक्ष बद्री पंगेनीले आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेका छन् । निरमाया दोहोरी साँझसंग आफ्नो नाम जोडेर निमा दोर्जे शेर्पाले प्रहरीमा उ*जुरी दिएको थाहा पाएपछि उनि दुखि भएका छन ।

वास्तवमा निरमाया दोहोरी साँझमा गायक बद्रि पंगेनीको कुनै सम्बन्ध नरहेको खुलेको छ । तर उक्त दोहोरी साँझ संचालकद्वय विजय सिंह र सुवास अधिकारीसंग भएको कारोबारको विषयमा बद्रि पंगेनीलाई मुछेर उ*जुरी दिइएको थियो ।

प्रहरीमा चर्चित गायक लगायतको नाममा उजुरी परेपछि केहि बेर मै समाचार भाइरल भएको थियो । आफ्नो चरित्र हत्या गर्ने नियतले समाचारहरु आएकोमा बद्रि पंगेनीले गम्भीर ध्यानाकर्षण गरेका छन ।

बिना गल्ति आफ्नो नाममा उजुरी परेपछि आज बिहिबार बद्रि पंगेनी कमल पोखरीको प्रहरी वृत्तमा पुगेका थिए । जहा उजुरी गर्ने निमा दोर्जे शेर्पा पनि पुगेका थिए । शेर्पाले निर्माण सामग्री लगेको निरमाया दोहोरी साँझमा बद्रि पंगेनीको कुनै साझेदारी नरहेको पाइएपछी आफ्नो गल्ति स्वीकार्दै शेर्पाले बद्री पंगेनीसंग लिखित माफी मागेका छन । भने लिनु पर्ने बाकी रकम संचालकहरुबाट लिने सहमति भएको छ ।

कुराकानीको क्रममा उजुरी गर्ने शेर्पाले भने – ‘निरमाया दोहोरी साँझको नाम बद्रि पंगेनीको नामबाट चिनेको र संचालक विजय सिंहहरुले पनि निर्माणको काम गर्न दिदा बद्रि पंगेनीको नाम लिएको हुनाले आफुले बद्रि पंगेनीसहितको नाम उजुरीमा पनि लेखेको हो ।’

तर यता बद्रि पंगेनीले भने उक्त दोहोरी साँझसंग आफ्नो कुनै सम्बन्ध नरहेको हुनाले आफुमाथि ठुलो चरित्र ह*त्या भएको दावी गरेका छन ।

मिडियाले मेरो चरित्र हत्या गर्यो

यसरी आफ्नो चरित्र ह*त्या गर्नमा मिडियाको पनि ठुलो हात भएको बद्रि पंगेनीले बताएका छन । देशको ठुला नाम चलेका मिडियाले समेत सत्य तथ्य नबुझी मेरो चरित्र हत्या हुने किसिमले समाचार छापेको उनको आरोप छ । यस्तो समाचार लेखेपछि पंगेनीले दुख ब्यक्त गरेका छन । यसरी कसैको पनि चरित्र हत्या नगर्न सम्पूर्ण मिडियालाई गायक पंगेनीले आग्रह पनि गरेका छन ।

सत्य तथ्य नबुझी नियोजित तरिकाले गलत समाचार लेख्ने मिडियाहरुको विषयमा आफुले एक्सन लिने र प्रेस काउन्सील र सम्बन्धित निकायसंग छलफल गरिरहेको गायक पंगेनीले बताए ।

प्रहरी चौकीमा पुगेपछि दुवै पक्षसंग गरिएको कुराकानी हेर्नुहोस :

Leave a Reply

error: Please Dont Copy My Content!! !!