Friday, September 25, 2020
Home > समाज > कञ्चनपुरमा अर्काे अत्यन्त दुःखद घटना: अध्यक्षलाई नै कसले मार्‍याे ? ५ दिनपछि भेटियाे शब

कञ्चनपुरमा अर्काे अत्यन्त दुःखद घटना: अध्यक्षलाई नै कसले मार्‍याे ? ५ दिनपछि भेटियाे शब

कञ्चनपुर, साउन १ – कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं ७ बस्ने बसन्त बहादुर सिंह मृत अवस्थामा फेला परेका छन् । पाँच दिन बेपत्ता रहेका सिंह आज मृत अबस्थामा फेला परेका हुन् । भिमदत्त नगरपालिकाको वडा नं ७ वडामा संचालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत उपभोक्ता समितिका अध्यक्ष समेत रहेका सिंह आफुले गरेको कामको रकम भुक्तानी लिन शुक्रबार नगरपालिका कार्यालय गएका उनी सोहि दिनदेखि वेपत्ता भएका थिए । उनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माविमा रंग रोगन गरेको थियो ।

तीन दिन अघि मात्रै उनले प्रयोग गर्ने मोटरसाईकल र झोला फेला परेको परेपछि सोही आधारमा थप खोज तलास गर्दा तीन किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । सिंहका परिवारले उनको मृत्यु संस्कापद भएको भन्दै गहिरो अनुसन्धान गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख दिनेश अर्चायले घटना बारे अनुसन्धान भईरहेको जानकारी दिए । गाेदावरी न्यूज

Leave a Reply

error: Please Dont Copy My Content!! !!