Thursday, October 1, 2020
Home > समाचार > महेन्द्रनगरबाट बुटवल जादै गरेको बस दुर्घटना

महेन्द्रनगरबाट बुटवल जादै गरेको बस दुर्घटना

कैलालीमा बस दुर्घटना हुदा ९ जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमा बस दुर्घटना हुँदा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नीरिक्षक यक्ष राज जोशीले महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनामा परेको बताए। घाईते ७ जनाको घोडाघोडी अस्पताल र २ जनाको मुढामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रड भाँचिदा बस दुर्घटनामा परेको अनुमान गरिएको छ चालक भने ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ।

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको सशस्त्र द्वन्द्वरत समूह नेकपासँग वार्ताको लागि सरकारी टोली नेपालगंज पुगेको छ। प्रधानन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनौपचारिक वार्ताका लागि पूर्व मन्त्री तथा नेकपाका सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली सोमबार नेपालगंज गएको हो।

सरकारी वार्ता टोलीले पहिलो चरणमा गर्न लागेको वार्तामा विप्लव नै सहभागी हुने उच्च स्रोतले जनाएको छ। विप्लवसँग मंगलबार विहान नेपालगंजमा ‘ब्रेकफास्ट’ गर्ने स्रोतको भनाई छ। वार्ताका लागि विप्लव नै आउने वा नआउनेबारे प्रष्ट नपारिए पनि सरकारी टोलीले विप्लव नै वार्तामा सहभागी हुने अपेक्षा गरेको छ।

विप्लवसँग दुई चरणमा वार्ता गर्ने अनौपचारिक सहमतिपछि प्रधानमन्त्री ओलीले नेता सोमप्रसाद पाण्डे र अरु केही व्यक्तिलाई आन्तरिक रुपमा वार्ता गर्ने जिम्मेवारी दिएका थिए। नेकपा महासचिव विष्णु पौडेल तथा हिरासतमा रहेका विप्लव समूहका नेता हेमन्त प्रकाश वलीबीच गत शनिबार नख्खु कारागारमा भेट भएको थियो।

विप्लव समूहले आफूमाथिको प्रतिवन्ध हटाउनु पर्ने, मुद्दा फिर्ता लिनुपर्ने र जेलमा रहेका आफ्ना कार्यकर्ताको रिहाइपछि मात्र बार्ता गर्ने माग राखेको थियो। सरकारी वार्ता टोलीले यदि विप्लव समूह साँच्चीकै वार्ताको लागि तयार हो भने त्यो वार्ता अगाडि बढाउने प्रस्ताव गरेपछि विप्लव समूह पहिलो चरणको वार्ताको तयारी भएको हो।

गत हप्ता हिरासतमा रहेका विप्लव समूहका नेता वलीसँग नेकपा महासचिव पौडेलले विप्लव समूहका उच्च नेताहरु तत्काल गिरफ्तार नगरिने प्रतिबद्धता व्यक्त गरेपछि वार्ताका लागि वातावरण बनेको हो। सोहीअनुसार सरकारले विप्लव समूहका उच्च तहका नेताहरु पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक रुपमा सर्कुलर गरिसकेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!