Tuesday, September 29, 2020
Home > Uncategorized > जिउदो श्रीमानलाई मरिसक्यो भन्दै हिड्ने यी सुन्दरी ट्याक्सी ड्राइभर, जस्को पिडा सुन्दा तपाई रुनु हुन्छ (भिडियो)

जिउदो श्रीमानलाई मरिसक्यो भन्दै हिड्ने यी सुन्दरी ट्याक्सी ड्राइभर, जस्को पिडा सुन्दा तपाई रुनु हुन्छ (भिडियो)

जब मार्थाले त्यो हतारको अवस्थामा पनि मलाई आफ्ना कुरा सुनाउने अनुमति दिईन् अनि शुरु भयो उनको भोगाईको कथा सुन्न । अस्पतालको कम्पाउण्ड भएको हुनाले मानिसहरुको कोलाहलले बाहिर बसेर कुरा गर्ने अवस्था थिएन । त्यसैले उनले चलाएको ट्याक्सि भित्र बसेर मैले उनका कुरा सुनें । कुनै पनि मान्छेको सफलता तब हुन्छ जब उस्ले जीवनमा केही गर्छु भन्ने ठान्दछ । र त्यस्कालागि उस्ले केही घटनाक्रमसंग जुद्धनु पर्ने हुन्छ । मार्थाले पनि जीवनमा यस्तै केही घटनासंग जुद्धनु पर्यो ।

कल्पनासम्म नगरेको संघर्षलाई जीवनको सारथी बनाउनु प¥यो मार्थाले । उनले आफ्नो क्षमताको प्रदर्शन आफ्नै श्रीमानलाई चुनौतिका साथ देखाउनु पर्यो । अक्सर चुनौति त प्रतिस्पर्धीसंग हुने गर्छ । तर मार्थालाई आफ्नै श्रीमानसंग जीवनको संघर्षमा पैठेजोडी खेल्दै चुनौतिलाई स्वीकार गरेर सम्बन्धलाई नै धारमा राख्नु पर्यो । श्रीमान हुँदा हुँदै आज उनी आफुलाई एकल महिला भन्न रुचाउँदि रहिछन् ।

कारण श्रीमानले अर्कैसंग मेरिटल अफेएर चलाएर उनलाई गरेको घृणा र यातना । श्रीमानले आफुलाई गरेको दुव्र्यवहारलाई मार्थाले तबसम्म सहेकी रहिछन् जबसम्म उनीमा सहन सक्ने क्षमताको बाँध थियो । जब श्रीमानको यातना उनी भन्दा माथि उठेर छोरीमा पनि हुन थाल्यो अनि आफुमा सिमित भएको यातनाको परिधिलाई तोड्दै बिद्रोहको आवाजलाई बुलन्द गरिछन् मार्थाले ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!