Tuesday, March 2, 2021
Home > समाचार > रिहाइ भएका छविलाल बाहिर अाएपछि यस्तो भन्दै हिड्न थाले…

रिहाइ भएका छविलाल बाहिर अाएपछि यस्तो भन्दै हिड्न थाले…

काठमाडौं । द्वन्द्वकालमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा अदालतबाट सफाइ पाएका छविलाल पौडेलले पीडित परिवारले घटनाबारे नबुझेरै आफूविरुद्ध उजुरी हालेको प्रतिक्रिया दिएका छन् । डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले लहडको भरमा उजुरी गर्नेलाई पछुतो हुने टिप्पणी गरे ।

‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो बाेलकाे गीत उच्चारण गर्दै पौडेलले भने, ‘उहाँहरुलाई पछतो हुनेछ ।’ कृष्णप्रसाद आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै पौडेलले घटनापछि आफू निकै दुःखी भएको स्मरण गरे ।

उनले आफूलाई नराम्रो भए पनि आरोप लगाउनेहरुप्रति सदीक्षा व्यक्त गरे । ‘उहाँहरुलाई राम्रो होस्, हामीलाई जे–जे भए पनि’, उनले भने ।

अन्यायमा परेकाले न्याय पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षासमेत उनले उक्त अवसरमा व्यक्त गरे ।

फरार एक आरोपीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले केही जानकारी नभएको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *