Thursday, October 1, 2020
Home > भिडियो > बोल्न र सुन्न नसक्ने स्याङ्ग्जाकि सुनिता टिकटकमा यस्तो भाईरल, अनमोललाई भेटे यस्तो गर्छु भन्छिन् – भिडियो सहित

बोल्न र सुन्न नसक्ने स्याङ्ग्जाकि सुनिता टिकटकमा यस्तो भाईरल, अनमोललाई भेटे यस्तो गर्छु भन्छिन् – भिडियो सहित

सुनिता थापा जो अहिले २६ वर्षका छन उनि साच्चिकै सुन्न र बोल्न नसक्ने अवस्थामा रहेका छन । पश्चिम स्याङ्ग्जाकाे चापाकोटमा आमा मैना थापा र बुबा कुलबहादुर थापाको कोखबाट जन्म लिएकि सुनिताको करिब १२ बर्षको कलिलो उमेरमा बिरामी परेर सुन्न र बोल्न सक्ने शक्ति गुमाएको उनले बताएकी छिन । उनले बताए अनुसार उनलाई १२ बर्षको उमेर टाईफाईड भएको र सोहि बिरामीकै क्रममा उनले आफ्नो बोल्ने शक्ति र सुन्ने शक्ति गुमाएको बताउछिन ।

उनि हेर्दा निकै स्वास्थ्य अनि सम्पूर्ण गुणले भरिपूर्ण देखिन्छन तर भगवानको लिला भनौ या भाग्यमा लेखिएको एक नमिठो रेखा जसको कारण उनि बोल्न र सुन्न सक्दिनन । २६ बर्ष पुगेकी सुनिता ब्याचलर पास गरेर बसेकी छिन । उनि केहि दिन अघि मात्र जापानबात नेपाल आएकी छिन । जापान उनि अपाङ्गतामा छनौट भएर १० महिने तालिमको लागि गएर आएको उनि बताउछिन र अहिले उनि विभिन्न अपाङ्ग सस्थाहरुमा जाने र काम गर्ने समेत उनि बताउछिन ।

सानै उमेर देखि नाच्न र गाउनमा रुचि राख्ने सुनिता अभिनयमा रुचि रहेको बताईन भने उनि भविष्यमा कसैले मौका दिए र समय र जीवनले साथ दिए हिरोइन भन्ने समेत ईच्छा रहेको बताउछिन । केहि समय यता सामाजिक संजालमा रहेको एक एप्समा टिकटकमा भिडियो बनाउदै आईरहेकी उनि साच्चिकै अभिनयमा रुचि रहेको देखिन्छ । टिकटकको संगीत र कलासंगै आफुलाई जोदिएकि उनि कुराकानीकै बीचमा पनि छोटो र मिठो अनि आकर्षण कला देखाएकी छिन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!