Tuesday, September 29, 2020
Home > Uncategorized > अस्ट्रेलियामा एक नेपाली युवा स्वदेशले गरे आत्मह*त्या…( अलबिदा स्वदेश )

अस्ट्रेलियामा एक नेपाली युवा स्वदेशले गरे आत्मह*त्या…( अलबिदा स्वदेश )

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका एक नेपाली युवाले आत्मह*त्या गरेका छन् । नेपालको झापा घर भएका स्वदेश सेढाईले आत्मह*त्या गरेका हुन् । स्वदेश सेढाई अस्ट्रेलियाको सिड्नीमा पोखराका गणेश भट्टराई सँगै एक अपार्टमेन्टमा बस्दै आएका थिए ।सेढाई सँगै अपार्टमेन्टमा बस्दै आएका पोखराका गणेश भट्टराईका अनुसार उनले लुगा राख्ने क्लोजेटमा आत्महत्या गरेका हुन् । करिब डेढ वर्ष पहिले अस्ट्रेलिया आएका उनी स्थानीय युनिभर्सिटी अफ टेक्नोलोजी (युटीएस) मा कम्युटर ईन्जियरिङमा ब्याचलर गर्दै थिए ।स्वदेश के कारणले मरेका हुन् ? उनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, केही समय यता अस्ट्रेलिया जाने नेपाली युवामा त्यहाँको दबाब थेग्न नसकेर डिप्रेसनमा जाने र आत्महत्या गर्ने क्रम बढ्दो छ ।

यो पनीः अस्ट्रेलियामा स्टुडेन्ट भिसा थप्दा अपनाउनुहोस् यस्ता सावधानीहरू…
अस्ट्रेलिया । पछिल्लो समय अस्ट्रेलियामा आवेदन दिएका विद्यार्थीहरूको आवेदन नै अस्वीकृत हुने दर बढ्दो देखिन्छ । विशेष गरी त सब-क्लास ४८५ (टिआर) भिसा सकिने बेला हुँदा विद्यार्थीहरूले आएर भिसा थप्न चाहने र धेरै लामो समय सम्म अस्ट्रेलियामा विद्यार्थीले भिसा नवीकरण गराउँदै आएका विद्यार्थीहरूको भिसा आवेदन अस्वीकृत हुने दर धेरै देखिएको छ । यो लेख अस्ट्रेलियामा टिआर भिसामा फर्कन चाहनेहरू वा अस्ट्रेलियामा विद्यार्थी भिसामा रहेर पुनः अर्को विद्यार्थी भिसा थप्न चाहनेहरूलाई ध्यानमा राखेर लेखिएको हो । विद्यार्थी भिसा विविध कारणले अस्वीकृत हुनसक्छ । स्थान अभावका कारण ती सबैलाई समेट्न असम्भव भएकाले ती मध्येको प्रमुख कारणलाई मात्र यो लेखमा समेटिएको छ ।

अष्ट्रेलिया अस्थायी रूपमा मात्र बसेर पुनः स्वदेश फर्कने हो ?
माइग्रेशन नियमावली १९९४ को अनुसूची २ को क्लज ५००.२१२ मा राखिएको प्रावधान पूरा नगरेको तर्क दिँदै धेरैजसो आवेदनहरू अस्वीकृत हुने गरेका छन् । यो क्लजले गरेको व्यवस्थाअनुसार विद्यार्थी भिषाको लागि आवेदन दिएको व्यक्तिको समग्र परिस्थिति र उसको इमिग्रेशनको ईतिहास र अन्य अवस्थाहरूको आधारमा मूल्याङ्कन गर्दा उक्त व्यक्ति वास्तवमा अस्थायी रूपमा मात्र अष्ट्रेलिया बस्न खोजेको हो भन्नेमा सरकार विश्वस्त हुनुपर्दछ ।

यदि भिषा स्वीकृत भएमा उक्त विद्यार्थीले भिषाका शर्तहरू पालना गर्ने सम्भावना कत्तिको छ भन्ने बारेमा पनि मुल्याङ्कन गरिन्छ । यसका लागि विद्यार्थीले यसभन्दा पहिले पाएको भिषाका शर्तहरू पालना गरेको थियो कि थिएन भन्ने आधारका अतिरिक्त भिषाका शर्तहरू पालना गर्नेछु भन्ने प्रतिबद्धता कसरी व्यक्त गरेको छ भन्ने कोणबाट समेत हेरिन्छ ।

केस अफिसरले के आधारमा यस नियमावलीको प्रयोग गर्दछन् ?
कानुन र नियमको विस्तृत व्याख्या सहितको मन्त्रालयको निर्देशिका नम्बर ६९ जारी गरिएको छ । यस निर्देशिकाको आधारमा केस अफिसरले कुनै विद्यार्थी पढाइ सकिएपछि फर्कने आधार छ कि छैन भन्ने मुल्याङ्कन गर्ने गर्दछन् । ती आधारहरू निम्न छन्

१) आवेदक नागरिक भएको राष्ट्रको परिस्थिति । यस अन्तर्गत आर्थिक, राजनीतिक अवस्थाका अतिरिक्त आवेदकको आफू नागरिक भएको राष्ट्रमा कस्तो पारिवारिक र व्यक्तिगत सम्बन्ध छ भन्ने पनि हेरिन्छ । आवेदकले आफ्नै राष्ट्रमा नपढेर कुनै विषय पढ्न अष्ट्रेलिया नै आउनुपर्ने कारण चित्तबुझ्दो छ कि छैन र पढाइ सिध्याएपछि आफ्नै राष्ट्र फर्कनका लागि उसलाई उत्प्रेरित गर्ने तत्त्वहरू पर्याप्त छ कि छैन भन्ने पनि हेरिन्छ ।
२) अष्ट्रेलियामा नै रहनका लागि उत्प्रेरित गर्ने तत्वहरू के–के छन् भन्ने कोणबाट पनि हेरिन्छ । अष्ट्रेलियामै लामो समयसम्म रहिरहने नियतले मात्र कुनै विद्यार्थीले बारम्बार विद्यार्थी भिषा थपिरहेको हो कि वा विद्यार्थीले भिषाकै उद्देश्यले नक्कली विवाह गरेको छ कि भन्ने पनि हेरिन्छ ।
३) पढ्न लागेको विषय आवेदकको भविष्यको योजना वा विगतका पढाइसँग मेल खान्छ कि खाँदैन, विषयहरू बारम्बार परिवर्तन गरिराखेको छ कि छैन, उक्त विषय पढ्नाले आवेदकले आफ्नो देशमा गएर सुहाउँदो रोजगारी पाउने सम्भावना छ कि छैन भन्ने आधारबाट समेत मूल्यांकन गरिन्छ ।

आवेदन दिनुभन्दा पहिले के कुरामा ध्यान दिने त ?
माथिका नियम र निर्देशिकाको आलोकमा हेर्दा आवेदकहरूले निम्न कुरामा ध्यान दिनु उपयुक्त हुन्छ
१) आफूले पहिले अध्ययन गरेको बिषयसँग सुहाउँदो बिषयमा मात्र अध्ययन गर्ने । विषय परिवर्तन गर्ने नै भए के कारणले उक्त निर्णय लिन उत्प्रेरित गरेको हो, सो कुरा प्रष्टसँग खुलाउने । २) आफूले पहिले अध्ययन गरिसकेको तह वा त्योभन्दा तल्लो तहमा भर्ना नगर्ने । ३) शैक्षिक संस्था र कोर्सको बारेमा पर्याप्त अनुसन्धान गर्ने र उक्त कोर्स र शैक्षिक संस्था नै छान्नाको कारण खुलाउने । ४) लामो समयसम्म स्वदेश नफर्केर एकपछि अर्को भिषाको लागि आवेदन दिँदा उक्त विद्यार्थी सँधैको लागि अष्ट्रेलियामै बस्न चाहेको जस्तो देखिने हुनाले समयसमयमा स्वदेश जाने आउने गरिरहने ।

५) भिषाका शर्तहरू उल्लङ्घन नगर्ने । विशेष गरी अष्ट्रेलिया आउनसाथ जथाभावी रूपमा कोर्स र शैक्षिक संस्था परिवर्तन गर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा धेरै बढेको छ । नियम विपरीत यसरी परिवर्तन गर्दा पछि विद्यार्थी भिषा नपाउने जोखिम बढ्छ । ६) लामो समयसम्म अष्ट्रेलियामा बसी एकपछि अर्को विषय पढ्दै भिषा थप्न चाहने विद्यार्थीलाई ज्यादा कडाइ गर्न थालेको देखिन्छ । यसर्थ, सकेसम्म छिटो आफ्नो पढाइ सिध्याएर स्वदेश फर्कनु वा अन्य भिषाहरूका लागि आफ्नो योग्यता पु¥याउनु उचित हुन्छ ।

७) हेर्दा सजिलो देखिए पनि विद्यार्थी भिषा पनि क्रमशः जटिल हुँदै गइरहेको छ । भिषा थप्नु अगाडि वा अझ विषय छान्नु अगाडि परमर्शदाताहरूसँग सल्लाह लिनु उचित हुन्छ । शैक्षिक परामर्श व्यवसायको सरकारबाट खासै अनुगमन नगरिने र जो कोही पनि सहजै ‘परामर्शदाता’ बन्न सक्ने हुनाले यस व्यवसायमा सबैखाले व्यवसायीहरू छन् । साथीभाइ र सिनियरहरूसँग सुझाव लिने, कम्तीमा पनि दुई÷तीन जनासँग भेटेर परामर्श लिने र पर्याप्त रिसर्च गर्ने बानी बसाल्ने हो भने भिषा बिग्रने सम्भावना न्यून हुनसक्छ ।

माइग्रेशन एजेन्ट वा वकिलले मात्र भिषा सम्बन्धी सल्लाह र सहयोग दिन पाउँछन् । भिषाको लागि सहयोग लिनुभन्दा पहिले आफूलाई सहयोग गरिरहेको व्यक्ति माइग्रेशन एजेन्ट वा वकिल हो कि होइन भन्ने पनि थाहा पाउनुपर्दछ ।

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भनेमा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ। जानकारीका लागी नेपालीपत्र बाट साभार गरिएको हाे ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!