निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीको भूमिकालाई लिएर स्थानीयले आक्रोश पोखेका छन् । स्थानीयको आक्रोशपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भनेका छन् – तत्कालीन प्रहरी प्रमुख (एसपी) लाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।’
राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा: नेपाल प्रहरीको जवाफदेहीता’ बिषयक गोष्ठीमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल समेत उपस्थित थिए । सो कार्यक्रममा सहभागीहरुले लामो समयसम्म दोषी पत्ता लगाउन नसकेको र स्थानीयबासीलाई अनावश्यक यातना दिएको भन्दै प्रहरी नेतृत्वको कडा आलोचना गरे।
महिला अधिकारकर्मी शारदा चन्दले उक्त घटनाको प्रमाण प्रहरी स्वयंले नष्ट गरेको आरोप लगाइन् । ‘हामीले पटक-पटक घटनाको बिषयका कुरा गर्दासमेत प्रहरीले सुनेन्’ चन्दले भनिन्, ‘यसको जिम्मेवारी प्रहरीले लिनुपर्छ ।
अर्की महिला अधिकारकर्मी मीना भण्डारीले अनुसन्धानमा लापरवाही गर्ने प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई कारवाही गर्न माग गरिन् । अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष प्रेमवती रानाले प्रहरीले आफुहरुसँग समेत अपशव्द बोलेको आरोप लगाइन् । ‘हामीले अनुसन्धान राम्रोसँग गर्नुपर्यो भनेर आवाज उठाउँदा उल्टो गाली खानुपर्यो’ रानाले भनिन् ‘यस्तो व्यवहार देखाउने प्रहरीलाई हामीले कसरी विश्वास गर्ने ?’
नालायक नेतृत्वले समस्या भयो : खनाल
सहभागीहरुका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको बताए । ‘घटनाको अनुसन्धानमा प्रहरीले पक्कै पनि बिगारेको हो’ खनालले भने ‘संगठनभित्रका केही यस्तै व्यक्ति भएको कारण संगठनको बद्नाम भइरहेको छ ।
अाइजीपी खनालले भने- तत्कालीन प्रहरी प्रमुखलाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु । दोषी जसरी पनि दोषीलाई कानुनी दायरामा ल्याउने भन्दै उनले उनले प्रहरीमाथि अविश्वास नगर्न आग्रह गरे ।
मलाई आज मेरो जीवनमै सबैभन्दा बढी दुःख लागेको छ’ उनले भने ‘यो घटनाले मलाई पनि लज्जित बनाएको छ । अाइजीपी खनालले भने ‘तत्कालीन प्रहरी प्रमुखलाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।’
खनालले गलत प्रवृत्तिका व्यक्तिहरु प्रहरीमा अनटाउने बताए । दोषी जो कोही भए पनि कारबाही गर्ने पटक-पटक दोहोर्याPका आईजीपी खनालले भने, ‘सबै दोष प्रहरीमाथि आउँदा दुःखी छु, तपाईहरुको आक्रोश स्वाभाविक छ, तर अब अनुसन्धानमा सहयोग गर्नुहोस्, प्रहरीलाई विश्वास गर्नुहोस् ।’