Friday, September 25, 2020
Home > Uncategorized > बाढीले वितण्डा मच्चाईरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो कदम चालेपछि चौतर्फी वाही वाही !

बाढीले वितण्डा मच्चाईरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो कदम चालेपछि चौतर्फी वाही वाही !

भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा–भारत सीमामा पानीको बहाव खुलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग समन्वय गरि पानीको बहाव खुलाइएको हो । सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि मलंगवा बजारका केही ठाउँ डुबान परेको थियो । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बाढी, पहिरो गएका क्षेत्रमा उद्धारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरेको बताएका छन्।

‘बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन्’ प्रधानमन्त्रीले भनेका छन्, ‘सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ ।’

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पनि मलंगवा नगरपालिकाको गोरखकाली भन्ने ठाउँमा थुनिएको पानीको बहावलाई खुलाइएको जानकारी दिए । बागमती नदीका विभिन्न ठाउँमा बाँध फुटेर बस्ती जोखिममा परेको प्रजिअ राउतले बताए । प्रधानमन्त्रीको यो कदपछि अहिले सामाजिक सञ्जालमा प्रशंसा भईरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!