Wednesday, September 30, 2020
Home > Uncategorized > त्रिभुवन विमानस्थलमा यति एयरकाे विमान चिप्लिएपछि…!

त्रिभुवन विमानस्थलमा यति एयरकाे विमान चिप्लिएपछि…!

काठमाडौं । यती एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । शुक्रबार बिहान नेपालगन्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज धावनमार्गमा चिप्लिएको हो । अवतरणका क्रममा एयरलाइन्सको एटीआर ७२–५०० धावनमार्गमा चिप्लिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको बताए ।विमान शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गमा चिप्लिएको हो । विमानमा ६६ जना यात्रु रहेको यती एयरलाइन्सले जनाएको छ । जसमध्ये ६४ जना यात्रु र दुईजना विमान चालक थिए । विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ ।

तस्बिर साभार श्रीधरको ट्विटरबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!