Friday, September 25, 2020
Home > गसिप > सिल्पाको बारेमा बोलिन ज्योति मगर भन्छिन “दुध दिने गाइलाई नै घास हालिन्छ”-पुरा पढ्नुहोस

सिल्पाको बारेमा बोलिन ज्योति मगर भन्छिन “दुध दिने गाइलाई नै घास हालिन्छ”-पुरा पढ्नुहोस

पोखरेलले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश नपाएको थाहा हुन आएको छ। यसै बीच सामाजिक संजालमा सिल्पा र छबी बीच बिभिन्न टिका टिप्पणी आएको छ । उनीहरुको बारेमा विभिन्न कुराहरु बाहिर आएको छ । हट केकका रुपले परिचित गायिका ज्योति मगरले पनि आफ्नो विचार आफ्नो अफिसियल फेसबुकमा राखेकी छिन ।ज्योतिले सिल्पा घरेलु हिंसामा परेको हुन सक्ने भने लेखेकी छिन् – ‘दुध दिने गाइ लाई नै घास हालिन्छ’ । हेर्नुस उनले लेखेको यो स्टाटस :

Plz fight and dont excuse them…

नायिका शिल्पा पोखरेलले निर्माता तथा श्रीमान छवी ओझाबाट आफू असुरक्षित बनेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दावी शिल्पाको थियो। यस विषयमा छलफल गर्न प्रहरीले मंगलबार दुवै पक्षलाई बोलाएको थियो । अन्तत : नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ।

छवि ओझाले पत्नी शिल्पा पोखरलमाथि घरेलु हिंसा गरेको आरोप अस्वीकार गर्दै शिल्पासंग सामान्य झगडा मात्र भएको तर कुटपिट नभएको भन्ने प्रतिक्रिया दिएका छन्।आफू प्रहरी परिसर पुगे पनि शिल्पा नआएकाले हिजो छलफल हुन नसकेको छविले बताएका छन्। छविको भनाइ अनुसार गत ८ असारमा दिउँसोको खाना खाएपछि उनीहरुबीच घरायसी विषयमा झगडा भएको र त्यसपछि एकाएक शिल्पा स्कुटर लिएर घरबाट निस्किएको उनले बताएका छन्।‘दिउँसो उनी स्कुटर लिएर निस्किइन् । बेलुका पाँच बजे विकास रौनियार (शिल्पाको बनाएको दाइ) र सम्झना उप्रेती रौनियार (विकासकी पत्नी) आए र उनको लुगाफाटो लिएर गए,’ छविले भने ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाएका थिए। तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् डेब्यू गराएका थिए।यस बाहेक शिल्पाले छविले निर्माण गरेका धेरै चलचित्रमा काम गरिसकेकी छिन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!