Friday, September 25, 2020
Home > Uncategorized > भर्खरै लाजिम्पाटमा कार दुर्घटनामा एककाे ज्यान गयो

भर्खरै लाजिम्पाटमा कार दुर्घटनामा एककाे ज्यान गयो

काठमाडाैं, २६ असार । काठमाडाैंकाे लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बुधबार राति सांग्रिला होटल अगाडि बा ५ च मात्र खुलेको रातो रंगको कारले बा ९३ प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका गरूङकाे ठेगाना खुलेकाे छैन । गाडीको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि बसेका स्याङजाका सन्तोष घर्तीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ । ठक्कर दिएपछि भागेको कारको खोजी भैरहेको प्रहरीले जनाएको छ । स्कुटरलाइ ठक्कर दिएर कार फरार भएकाे थियाे ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!