Sunday, September 27, 2020
Home > समाचार > बस र मोटर साईकल आपसमा ठोक्किएपछि…

बस र मोटर साईकल आपसमा ठोक्किएपछि…

धनकुटाको रुद्रवारी नजिक आज दिउँसो यात्रुवाहक वस र मोटर साईकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाईते भएकाछन् । घाईते हुनेमा मोटर साईकलमा सवार धनकुटाको ताङ्खुवा ९ का अन्दाजी ३३ वर्ष का तेञ्जी शेर्पा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।धनकुटावाट धरान तर्फ गईरहेको मे ७ प ३७९४ नं को मोटर साईकल र विपरित दिशावाट आईरहेको को १ ख ५१४१ नं को वस रुद्रवारी नजिक काेशी लाेकमार्गमा एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते शेर्पालाई धनकुटा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो । घाईतेको टाउको र दाहीने हातमा वढी चोट लागेको जनाईएको छ ।दुर्घटना ग्रस्त वस, वसका चालक सुनसरी धरान १६ का वर्ष ४१ का दिपक राई र मोटरसाईकल नियन्त्रणमा लिएर कारवाही थालेको जिल्ला प्रहरी कार्यलयले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटामा वुझाईएको प्रमुख खड्काले वताउनुभयो । आज दिउँसो पानी परिरहेको वेला व्रेकमा समस्या भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । दुर्घटनाको कारण मोटरसाईकलमा वढी क्षती पुगेको ट्राफिक प्रहरी दिपक खड्काले वताउनुभयाे । प्रहरीका अनुसार घाईतेको ठेगाना लाईसेन्समा उल्लेख भएअनुसारको हो । यो समाचार धनकुटाखबरमा छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!