Thursday, October 1, 2020
Home > समाचार > भोजपुरमा बिप्लब कार्यकर्ता र प्रहरि बिच गोलि हानाहान हुदा २ को मिर्त्यु

भोजपुरमा बिप्लब कार्यकर्ता र प्रहरि बिच गोलि हानाहान हुदा २ को मिर्त्यु

भोजपुर सदरमुकाममा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

गस्तीमा रहेको प्रहरी र नेकपा कार्यकर्ताबीच शनिबारे हाट लाग्ने ठाउँमा भएको गोली हानाहानमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।

“गस्तीमा रहेको सादा पोशाकको प्रहरीमाथी लुकेर चाइनिज पेस्तोलबाट गोली प्रहार भएपछि सँगै रहेको प्रहरीबाट जवाफी कार्वाही भएकाे हो”, प्रजिअ खतिवडाले भने “दुवै जनाको अस्पत्ताल पुर्‍याउँदै गर्दा मृत्यु भएको छ ।”

आज बिहान साढे आठ बजे भएको घटनामा अर्का एक प्रहरी पनि घाइते भएको उनले बताए ।

घटनास्थलबाट अन्य एक/दुईजना नेकपाका कार्यकर्ता भागेको हुनसक्ने आशंकाले खोजतलास तिव्र पारीएको छ ।

“स्थिती सामान्य छ, अरु एकदुईजना मानिसहरु भागेको हुनसक्ने भएकोले खोजतलासका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ”, प्रमुख जिल्ला अधिकारी खतिवडाले भने ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!