Wednesday, December 8, 2021
Home > समाचार > रामचन्द्र घिमिरे (सब्जी बाजे) ले घरमा ३ श्रीमती हुँदाहुँदै आफ्नै १३ बर्षी नातिनीलाई ३ बर्ष देखि बलात्कार गर्दै आएको खुलासा

रामचन्द्र घिमिरे (सब्जी बाजे) ले घरमा ३ श्रीमती हुँदाहुँदै आफ्नै १३ बर्षी नातिनीलाई ३ बर्ष देखि बलात्कार गर्दै आएको खुलासा

नेपालगन्ज, १७ भदौ । बांकेको कोहलपुरमा एक ७८ वर्षीय वृद्धले आफ्नै १३ वर्षीया नातिनीलाई बलात्कार गरेका छन् । कोहलपुर नगरपालिका ५ का रामचन्द्र घिमिरे (सब्जी बाजे) लाई आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ति ब्यक्तिले विगत तीन वर्ष देखि आफ्नै नातिनीलाई यौन कृयाकलाप गर्दै आएका थिए ।

प्रहरीले बलात्कारको अभियोगमा हजुरवुवालाई पक्राउ गरेपछि कोहलपुरका महिला बलात्कारीलाई फांसीको सजाय माग गर्दै सडकमा उत्रिएका छन् । विभिन्न स्थानवाट कोहलपुरमा जम्मा भएका महिलाहरुले बलात्कारीलाई फाँसीको सजाय माग्दै कोहलपुर स्थित इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा प्रहरीले गत विहिवार घिमिरेलाई पक्राउ गरेको हो । बलात्कृत १३ वर्षीया बालिकाको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि स्थानियबासीन्दा आक्रोशित भएका हुन् ।

बालिकाको स्वास्थ्य स्थिती नाजुक हुँदै गएपछि उपचारकालागि अस्पताल लगिए पछि उनले तीन वर्ष देखि आफ्नै हजुरवुवाले बलात्कार गर्दै आएको रहस्य खोलेकी थिइन् । बलात्कारीका पक्षमा राजनीतिक चलखेल हुनसक्ने भन्दै स्थानिय महिलाहरु सडकमा उत्रिएका हुन् । घिमिरेलाई फांसीको सजाय दिनुपर्ने माग गर्दै आईतबार ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका हुन ।

स्थानीयका अनुसार उनका घरमै ३ वोटा श्रीमती छन् र पनि उनले अझै गाउँ टोलमा अन्य महिलासंग लसपस गरेको आशंका पनि गरेका छन् । कुनै एकल महिला होस् या अन्य कुनै महिला हुन् उनले हेर्ने दृष्टिकोणनै फरक रहेको कुरा नाम नबताउने सर्तमा एक स्थानीयले हामीलाई जानकारी गराए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!