Thursday, October 1, 2020
Home > समाज > दाजु बहिनि होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परे!

दाजु बहिनि होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परे!

दार्चुला : महाकाली नगरपालिका– ४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा दाजु र बहिनी नाता पर्ने दुई जना झुण्डिएको अवस्थामा फेला परेका छन्। शैल्यशिखर नगरपालिका–५ का २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरूले सोमबार राति ८ बजे खाना खाएर बिहान चाँडै उठाइदिनु भनेर कोठामा गएको होटल सञ्चालक जानकी विष्टले बताइन्।

उनले भनिन्, ‘बिहानै उठाउन जाँदा ढोका खोलेनन्, भेन्टिलेसनबाट हेर्दा झुण्डिएको देखिएपछि प्रहरीलाई खबर गरेँ।’ घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाहीको टोली घटना स्थल पुगेको थियो।

घटनास्थलको अध्ययनपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी दिए। मृतकहरू दाजुबहिनी नाता पर्ने स्थानीयले बताएका छन्। मनिषाको दुई महिनाअघि विवाह भएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!