Tuesday, September 29, 2020
Home > भिडियो > न्याय माग्दै काठमाडौँ पुगेका सुरेन्द्र सिंह माल भक्कानिएर रोए, हेर्नुस यो मन छुने भिडियो!

न्याय माग्दै काठमाडौँ पुगेका सुरेन्द्र सिंह माल भक्कानिएर रोए, हेर्नुस यो मन छुने भिडियो!

जवरजस्ती लि*ङ्ग परिवर्तन गराइ केटि बनाइएका सुरेन्द्र सिंह माल न्याय खाेज्दै काठमाण्डाै आइपुगेका छन् । आफ्नै गृह जिल्लामा न्यायका लागि भौतारिएका सुरेन्द्र त्यहाँबाट न्याय नपाएपछी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेका सुरेन्द्रले रिपोर्टस क्लबमा पत्रकार सम्बेलन गर्दै आफूमाथि भएको अन्यायको बारेमा सबैलाई जानकारी दिंदै न्याय दिलाइदिन आग्रह समेत गरेका छन् । काठमाडौंमा पुगेका सुरेन्द्र भक्कानो छोडेर रोएका थिए । छोरो मान्छे आफु छोरी भएपछी आफ्नो समाजमा घुलमिल हुन निकै असजिलो भएको बताइदै आफुलाई समाजले हेर्ने नकारात्मक दृष्टिकोणले जिन्दगि जिउननै निकै कठिन भएको बाध्यात्मक अवस्था उनले बताएका थिए ।

राेजगारीका लागी भारत गएका सुरेन्द्रको जवरजस्ती लि*ङ्ग परिवर्तन गराईएकाे घ*टना कहि दिन अघि सार्वजनिक भएकाे थियो । कञ्चनपुरको कष्णपुर नगरपालिका- १ दोमिल्ला घर भएका सुरेन्द्र सिंह माल २०७२ सालमा रोजगारीका लागि भारत गएका थिए तर फर्किदा उनी युवती भएर घर फर्केका हुन् । राष्ट्रिय बाल विद्यालयमा कक्षा–१२ को परिक्षा दिएर काम गर्न भनी गएका सुरेन्द्र आफ्नै फुपाजू र दाईसँग भारतको जम्बु पुगेका थिए । सुरुमा उनि कपडा पसल र घरायसी कामदारको रुपमा काम गर्न थाले । त्यसको करिब चार महिनापछि आफु गेष्ट हाउसमा काम गर्न थालेको उनी बताउछन । गेष्ट हाउसमा काम गर्ने अवसरमा गुरु जी नाम गरेको किन्नर (तेस्रो*लिङ्गी) को नजर गोरो वर्ण, मिलेको जिउँडाल र आर्कषक अनुहार भएका सुरेन्द्रमाथि पर्याे । त्यसपछि गुरु जी नियमीत गेष्ट हाउस आउन थालेको सुरेन्द्रकाे भनाइ छ । त्यसपछि उनले सुरेन्द्रसँग आफ्नो घरमा काम गर्न आग्रह गर्दैँ दोब्बर तलब दिने प्रलोेभन देखाए ।

गेष्ट हाउसको भन्दा दोब्बर कमाईने भएपछि सुरेन्द्र उनको घरमा काम गर्न गए । गुरु जी ले भने अनुसार नौ हजार मासिक तलब दिन पनि थाले । तर घरमा पुगेपछि उनले थाहा पाए की गुरु जी तेस्रो*लिङ्गी रहेछन र त्यहाँ अन्य तेस्रो*लिङ्गी व्यक्ति समेत बस्थे । घरको काम गर्दा–गर्दै उनलाई तेस्रो*लिङ्गी बन्न बारम्बार आग्रह गरियो । विभिन्न किसिमका यातना दिन थालेपछि उनी फुपाजु धनसिंह बोहराको सहयोगमा गुरु जीको हातबाट फुत्कीन सफल भए । सुरेन्द्रका बुवा बाहिर भएकाे मौका छोपी जम्बुका गुरु जी सुरेन्द्रको डेरामा पुगे । उनलाई अपहरण शैलीमा गाडीमा हालेर चण्डिगढ पुर्याईयाे । त्यही उनलाई जबरजस्ती केही कागजपत्रमा हस्ताक्षर गर्न लगाईयो । ज्यान मार्ने धम्की दिएर वकील समक्ष आफु लि*ङ्ग परिर्वतन गर्न तयार रहेको कागज तयार पारिएकाे सुरेन्द्र बताउछन । त्यसपछि उनलाई बेहोस बनाईयो । पाँच दिनपछि होसमा आएको सम्झीदैँ सुरेन्द्रले भने ‘होसमा आएपछि थाहा पाएकी मेरो लि*ङ्ग का*टी सकेको छ, जोरले रुन थाले आफन्त कोही थिएन’ उनले भने । ‘रोएपछि अप्रेसन बिग्रीने भन्दैँ नरुन चिकित्सकले सल्लाह दिए, फेरी मलाई बे*होस पारियो दुई दिनपछि पुनः होसमा आए’ उनले थपे । भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!