Tuesday, September 29, 2020
Home > समाचार > दाजुबहिनी नाता पर्ने युवक–युवती होटलको कोठामा यस्तो अवस्थामा फेला परे…

दाजुबहिनी नाता पर्ने युवक–युवती होटलको कोठामा यस्तो अवस्थामा फेला परे…

काठमाडौं । आज बिहानै होटलको कोठामा दुई जना झुण्डेको अवस्थामा फेला परेको छ । महाकाली नगरपालिका–४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै उठाइदिनु भनेर कोठामा गएको होटल सञ्चालक जानकी विष्टले बताइन् । उनले भनिन्, ‘बिहानै उठाउन जाँदा ढोका खोलेनन्,

झेन्टिलेसनबाट हेर्दा झुण्डिएको देखिएपछि प्रहरीलाई खबर गरेँ ।’ घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाही घटना स्थल पुग्नु भएको छ । घटना स्थलको अध्ययनपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी दिनुभयो । मृतकहरु दाजुबहिनी नाता पर्ने स्थानीयले बताएका छन् । मनिषाको दुई महिनाअघि विवाह भइसकेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!