Friday, September 18, 2020
Home > समाचार > विप्लव समूहले वडा कार्यालयमा लगाएको आगो नभाउँदा एक प्रहरी घाइते

विप्लव समूहले वडा कार्यालयमा लगाएको आगो नभाउँदा एक प्रहरी घाइते

बर्दिया -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बर्दियाको वडा कार्यालयममा आगजनी गरेका छन् । विप्लव समूहका कार्यकर्ताले गरुवा गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा आगजनी गरेका हुन । आगजनीबाट वडा कार्यालयको कागजात जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाको वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा मंगलबार बिहान अज्ञात समूहले लगाइएको आगो निभाउँने क्रममा छत खस्दा ईलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत प्रहरी निरीक्षक यम बहादुर मल्लको टाउँकोमा गम्भीर चोट लागेको छ भने करङको हड्डी भाचिएको छ।

गम्भीर घाइते भएका प्रहरी निरीक्षक मल्लको नेपालगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने भौतिक सामाग्री पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!