Thursday, May 6, 2021
Home > समाचार > लगातार मलेसिया र सिंगापुरलाई जितेको नेपालले पाउने भयो यस्तो मौका

लगातार मलेसिया र सिंगापुरलाई जितेको नेपालले पाउने भयो यस्तो मौका

एसिया कप क्रिकेट छनोट प्रतियोगिता नेपालले लगातार दोस्रो जित हात पारेको छ । हिंजो भएको खेलमा नेपालले मलेसियालाई जितेको थियो भने आजको खेलमा सिंगापुरसंग विजयी भएको छ । आइतवारको खेलमा सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टाएको छ ।

आइतवारको खेलले नेपालको फाइनल खेल्ने संभावना कायम राखेको छ । योसँगै चार खेलबाट नेपालले ४ अंक जोडेको छ । सिंगापुरले चार खेलबाट खातै खोल्न सकेको छैन ।

छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउन जित्नै पर्ने दवावका साथ नेपाल मैदानमा उत्रिएको थियो । नेपालका लागि अनिल साहले ३२ बलमा ४३ रनजोडे । यस्तै दिपेन्द्र सिंह ऐरी ३३, ज्ञानेन्द्र मल्ल २०, सुवास खकुरेलले र सागर पुन समान १४ तथा कप्तान पारस खड्काले ११ रन बनाएका थिए । आरिफ शेख ४ रनमा नटआउट रहे ।

अनिल र सुवासको सुरुवातले नेपाललाई हौसला प्रदान गरेको थियो । उनीहरुको साझेदारीले ५६ रन जोडियो । १४ औं ओभरमा पारस र सुवास आउट भएपछि नेपाल दवावमा परेको थियो ।

ज्ञानेन्द्र र दिपेन्द्रले चौथो विकेटका लागि ४७ रनको साझेदारी गरेपछि नेपाल उन्मुख भएको थियो । आरिफ शेखले आफ्नो पहिलो बलमै चौका हान्दै थप हौसला दिलाए । सोमपाल कामीले आइतवारको खेलमा रन जोड्न सकेनन् । विजय कुमार र अनन्था कृष्णले समान २–२ विकेट लिए ।

Leave a Reply