Friday, September 18, 2020
Home > Uncategorized > ‘प्रधानमन्त्रीको मान राख्‍न मास्क नलगाई विषाक्त हावासँगै तरकारी फलफुल खाइदिउँला – गगन थापा

‘प्रधानमन्त्रीको मान राख्‍न मास्क नलगाई विषाक्त हावासँगै तरकारी फलफुल खाइदिउँला – गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट नेपाल आउने कृषिजन्य पदार्थको अनिवार्य विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भारतसँग सरकार झुकेको बताए । प्रधानमन्त्रीको मान राख्न मास्क नलाई विषाक्त हावा यसअघि सेवन गरिरहेको भन्दै उनले भने, “अब सरकारको निर्णयको मान राख्न परीक्षण विनाको तरकारी, फलफूल पनि खाइदिउँला ।” थापाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी खुट्टा पहिले देखिएको भन्दै अहिले घुँडामा कत्रो भ्वाङ परेको छ रु भन्दै प्रश्न पनि गरे ।

“आयात हुने कृषिजन्य पदार्थको अनिवार्य विषादी परीक्षण गर्नुपर्ने निर्णय सरकारले गर्यो । आवश्यक तयारीविना काम शुरु गरेकाले अप्ठ्यारो र झन्झटिलो त हुने नै भयो । तर, निर्णय सही भएकाले केही समयका लागि महँगो तरकारी खाएर होस् वा तरकारी विनाको भोजन गरेर होस्, सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौं,” सांसद थापाले भने, “हाम्रो यस्तो साथ पाएपछि लागेको थियो– आफ्नो निर्णयमा सरकार अडिइरहनेछ ।

विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ र ठोकेर भन्नेछ– मेरो देशमा विषादी परीक्षण नगरी तरकारी, फलफूल भित्राउन दिइने छैन । जनताको पनि साथ पाएपछि पारीबाट आउने तरकारी र फलफूलसँगै वारीबाट पारी जाने चिया र अलैँचीको पनि हिसाबकिताब हुनेछ भनेर गर्जेर भन्ला भन्ठानेको त पारीबाट आएको खोकीको मन्द आवाजबाटै थला पो पर्यो हाम्रो सरकार ।”

Leave a Reply

error: Please Dont Copy My Content!! !!