एजेन्सी-हामि रेष्टुरेन्टमा खानाखाने भनेपछि धेरै नै उत्साहित हुन्छौ ।एकजना व्यक्तिका लागि रेष्टुरेन्टको खाना खानु यति महंगो सावित भएको छ कि उनले आफ्ना हात गुमाउनु परेको छ ।रेष्टुरेन्टमा कस्ता खाना बन्छन् भन्ने बारेमा सोच्ने बानि हामिहरुको हुदैन ।दक्षिण कोरियामा यस्तोघटना घटेको छ कि तपाइ अचम्म पर्नुहुन्छ । रेष्टुरेन्टमा गई सुशी नामक परिकार ९माछा र भातबाट बनेको० खाएर फर्किएका एकजना व्यक्ति अनौठो घटना घटेको छ ।रेष्टुरेन्टबाट फर्केको १२ घण्टाभित्रै उनले आफ्नो हातको छाला कुहिन थालेको अनुभव गरे । ती व्यक्तिको हेर्दाहेर्दै हत्केलामा ठूलो फोका उठ्यो ।
हत्केलाको माथिल्लो भागको छाला पनि गल्न थाल्यो ।त्यसपछि जब उनी डाक्टरकोमा पुगे डाक्टरले तत्कालै उनको हातबाट पिप निकाले ।तब उनको हात कुहिनुको कारण पत्ता लाग्यो । वास्तवमा मासु खाने ब्याक्टेरियाको संक्रमणका कारण उनको हात यस्तो भएको रहेछ ।ती व्यक्ति पहिलेदेखि नै मधुमेह र मिर्गौलाको पीडित थिए । डाक्टरहरुले उनलाई सुईबाटै एन्टिबायोटिक्स औषधि दिए पनि अवस्था झनै गम्भीर र झनै बिग्रिदै गयो ।केहि सुधार नआएकोले डाक्टरहरुले ती ७१ वर्षे वृद्धको ज्यान बचाउनका लागि उनको संक्रमित हात काट्न बाध्य भए ।हात काटेर फ्याँकेसँगै ती व्यक्तिको स्वास्थ्यमा तीव्र गतिमा सुधार आयो ।रेष्टुरेन्टमा गई सुशी खाएकै कारण यस्तो छालाको संक्रमण भएको हो भन्ने डाक्टरको भनाइ छ ।