Thursday, October 1, 2020
Home > समाचार > ‘जमराको जुस क्यान्सरको औषधि हैन, उल्टै यस्तो नराम्रो असर गर्छ’ – डाक्टर विशेष पौडेल

‘जमराको जुस क्यान्सरको औषधि हैन, उल्टै यस्तो नराम्रो असर गर्छ’ – डाक्टर विशेष पौडेल

पछिल्लो समय जमरालाई औषधिको रुपमा प्रयोग गर्नेहरु बढेका छन् । क्यान्सर निको हुन्छ भन्दै कतिपय बिरामीले त त नियमित औषधि उपचारलाई नै छाडेर जमराको जुस पिउन शुरु गरेको विषय पनि अहिले चर्चामा छ ।

क्यान्सर निको हुने भन्दै मानिसहरु जमराको जुसप्रति आर्कषित भइरहेका बेला चिकित्सकहरुले भने जमराको जुसले क्यान्सर निको हुन नसक्ने दावी गरेका छन् ।

सिभिल अस्पतालका वरिष्ठ रक्तक्यान्सर रोग विशेषज्ञ डाक्टर विशेष पौडेल जमराको जुसले क्यान्सर निको नहुने बताउँछन् ।

जमराको जुसले क्यान्सर निको नहुने र किमो थेरापी गराइरहेका बिरामीको स्वास्थ्य समस्या झनै बढ्ने डा पौडेलले बताए ।

‘जमराको जुसले क्यान्सर निको हुन्छ भन्नु भ्रम मात्रै हो । किमो थेरापी गराइरहेका क्यान्सरका बिरामीलाई जमराको जुसले झनै असर पुर्‍याएको पाएका छौं,’ डा पौडेलले भने, ‘जमराको जुस खाएर अझै समस्या बढेर रक्त क्यान्सरका बिरामीहरु हामीकहाँ उपचारका लागि आइरहेका हुन्छन् । त्यसैले क्यान्सरका बिरामीका लागि जमराको जुस झनै घातक छ ।’

जमराको जुसले क्यान्सरका बिरामीमा फंगल इन्फेक्सन हुने डा पौडेलको भनाइ छ । किमो थेरापी लिइरहेका क्यान्सरका बिरामीले जमराको जुस नपिउन डा‍‍. पौडेलको सुझाव छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!