Thursday, October 1, 2020
Home > प्रवास > अमेरिकामा कमला प्रसाई र नेपाली बालबालिकाका लागि प्रतिभा पुरस्कार

अमेरिकामा कमला प्रसाई र नेपाली बालबालिकाका लागि प्रतिभा पुरस्कार

साहित्यिक विविधताकाे उर्वर भूमि पूर्वी नेपालबाट साहित्यका फुलबारी लिएर अमेरिका भित्रिएकि एक नेपाली चेलीकाे नाम हो कमला प्रसाई । उहाँले नेपाली साहित्य सँस्कृतिका लागि विदेशमा बसेर दिनु भएकाे योगदान अमेरिकामा अमेरिका बासी नेपालीहरूले मात्रै होइन, अमेरिकी सँस्कृतिमा पनि चर्चित छ । नेपाली भाषा र साहित्यमा उहाँले पुर्याउनु भएकाे अति सह्रानिय कार्यकाे सम्मान गर्दै उहाँले अमेरिकी सम्मान पत्र समेत प्राप्त गर्नुभएकाे थियो ।

अति जाँगरिलो स्वाभाव, कर्मठ र निस्वार्थ स्वाभवकि धनि कमला प्रसाईले नेपाली साहित्याकाशमा थुप्रै गीत, कथा तथा कविताहरू पस्किसक्नुभएकाे छ भने अमेरिकामा बसेर नेपालीहरूकाे पहिचान बचाउन र चिनाउन थुप्रै नेपाल र अमेरिका बीच समन्वय गर्ने कार्यहरू गरिसक्नु भएकाे छ । यसैकाे एक उदाहरूण उहाँहरूले खोल्नु भएकाे सामाजिक सँस्था, जो मुनाफा रहित छ, एनएण्डजे ईन्टरटेनमेन्ट इन्क मार्फत विगतको बर्षदेखि अमेरिकामा रहेका बालबालिकाहरूकाे प्रतिभालाई एनएण्डजे ईन्टरटेनमेन्ट मध्यनजर गर्दै युस नेपाल बाल प्रतिभा प्रतियोगिता अयोजना गर्दै आउनुभएकाे छ ।

बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अनि हाम्रो संस्कृति बचाउन र फैलाउन गरेको कार्यक्रम हो । यो कार्यक्रम अमेरिकामा नेपाली बालबालिकाहरूकाे प्रतिभालाइ कदर गर्दै नेपाली सँस्कृति बचाउनका लागि जग बसालिएकाे कार्यक्रमकि संयोजक कमला प्रसाईले जानकारी दिनभयो । बालबालिकाहरूका प्रतिभाको सम्मान र कदर गर्नकै लागि यो कार्यक्रम २०१७ देखि गर्दै आएको र आफू बसेको माटो र समाजले केहि राम्रा कुराहरु सिक्दै गरेको अवस्था रहेकाे समेत जानकारी दिनुभयो ।

यसै प्रतियाेगिताकाे निरन्तरता दिदै  जुन २९, २०१९ का दिन एनएण्डजे ईन्टरटेनमेन्ट न्युयोर्क ईन्कको आयोजनामा दोश्रो युएस – नेपाल बाल प्रतिभा प्रतियोगिता ( 2nd Us-Nepal Children Talent Show 2019 ) सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रम सञ्चारकर्मी Hari Sharan Lamichhane जी को प्रमुख आतिथ्य र कमला प्रसाईं जी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बिक्की पुलामीले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा करिव ४०० जना नेपालीहरूका उपस्थिति रहेकाे थियो ।

नेपाली र अमेरिकन राष्ट्रीय गीत प्रतियोगी बालबालिकाहरूबाट गाएर कार्यक्रम शुरू भएको थियो भने गायक Avay Dhungel ले भजन शिरोमणी भक्तराज आचार्यद्वारा स्वरवद्ध गीत “जहॉ छन् बुद्धका ऑखा”बाट माहौल तताएका थिए। कार्यक्रममा ५ देखि १० बर्ष उमेरका र ११ देखि १६ बर्ष उमेरका गरी दुई उमेर समूह बिच प्रतिष्पर्धा गरिएको थियो।

साहित्यतर्फ ५-१० बर्ष समूहका साकिरा रिमाल प्रथम र कविन बिक्रम शाह द्वितीय भएका थिए भने ११-१६ बर्ष उमेर समूहका ईप्सन सेढाईं प्रथम र अनुभव गौतम द्वितीय भएका थिए। त्यस्तै नृत्यतर्फ ५-१० बर्ष समूहका शुभेक्षा नेपाल प्रथम र साम्राज्ञी रोक्का द्वितीय भएका थिए भने ११-१६ बर्ष उमेर समूहका रिन्चेन योञ्जन तामाङ्ग प्रथम र बिनिता हमाल द्वितीय भएका थिए।

गायनतर्फ ५-१० बर्ष समूहका श्रृषा शाक्य प्रथम र यशिला महर्जन द्वितीय भएका थिए भने ११-१६ बर्ष उमेर समूहका अर्मानी महर्जन प्रथम र बबिता पौडेल द्वितीय भएका थिए। कार्यक्रममा सहभागी सबै प्रतियोगीहरूलाई सान्त्वना स्वरूप प्रमाण-पत्र बितरण गरिएको थियो। बालबालिकाहरूमा उक्त कार्यक्रमले सकारात्मक रूपले तरङ्गित बनाएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!