Monday, March 8, 2021
Home > भिडियो > भ्वाइस अफ नेपालः भोजपुरे गाइने दाइले कोचलाई नै जिल्ल पारिदिए (भिडियो)

भ्वाइस अफ नेपालः भोजपुरे गाइने दाइले कोचलाई नै जिल्ल पारिदिए (भिडियो)

काठमाडौँ। अन्तराष्ट्रिय गायन प्रतियोगिता ‘नेपाल आइडल’ नेपाल भित्रिएसँगै अन्य अन्तराष्ट्रिय प्रतियोगिता पनि नेपाली टेलीभिजन च्यानलबाट प्रसारण भइरहेका छन्। अहिले अन्तराष्ट्रिय गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ भाद्र ८ गते शनिबारबाट प्रसारणमा आएको छ ।

ब्लाइन्ड अडिसनमा कोचहरुको अगाडि प्रतियोगीले आफ्नो प्रस्तुति दिएका छन् र यसमा सफल भएकाहरू ब्याटल राउन्डमा प्रवेश गर्नेछन् । यस कार्यक्रमको नियम भनेहरु रियालिटि शो भन्दा अलिक फरक छ । यसमा कोचहरुको प्रतिस्पर्धीलाई मन पराए आफ्नो रोटेटिङ चेयरमा राखेको बटम थिचेर ‘आइ वान्ट यू’ भनेर आफ्नो समर्थन गरेपछि प्रतिस्पर्धीले आफूले मन परेको जज छानेर ग्रुपमा सामेल हुनुपर्नेछ ।


द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित ब्रान्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाउनेछन् ।

हिजो प्रसारित ‘द भ्वाइस अफ नेपाल’को ब्लाइन्ड अडिसन भोजपुरका तेजिन्द्र गंदर्भ आफ्नो गायन कलाले सबैलाई मन्त्रमुग्ध पारे। सारङ्गी बजाउदै उनले गाएको गीतले कोचहरूको मात्रै हैन दर्शकको पनि मन जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *