Thursday, October 1, 2020
Home > समाचार > सञ्चारमन्त्रीले विप्लव समूहलाइ भनेः चुनाव लड्ने हुती छैन, सिम फेर्दै तर्साउने काम छाड्नुस्

सञ्चारमन्त्रीले विप्लव समूहलाइ भनेः चुनाव लड्ने हुती छैन, सिम फेर्दै तर्साउने काम छाड्नुस्

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द समूहले लुटपाटको आतङ्क जारी राखिरहे उसले क्षति व्यहोर्नु पर्ने बताएका छन् । ‘बल प्रयोगद्धारा सत्ता कब्जा गर्ने दिवा सपना २१ औँ शताब्दीमा सम्भव छैन ,राम्रोसँग बुझे हुन्छ,’ उनले आक्रमक शैलीमा भने,‘ नबुझे समयले बुझाइदिनेछ ।’

उनले वार्ताबाट समस्या समाधान खोज्नुको विकल्प नभएको बताए । ‘आउनुस् छलफलबाट समस्या समाधान गरौँ भन्दै आइरहेका छौँ,’ उनले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने,‘तर उक्त समूह दक्षिणपन्थीको सेवाहरू गरी रहेको छ, त्यही भएर यो आतंकारी समूह नै हो ।’

चन्द समूह सर्वनाशको बाटो हिँडिरहेको उनले टिप्पणी गरे । ‘यसलाई क्रान्तिको रूपमा बुझ्ने, व्याख्या गर्ने मार्क्सवादी कुरा होइन,’ उनले भने,‘ उहाँहरू उपयोगितावादी हो, अराजकतावादी हो, धन कमाउ वाला हो । त्यो पनि मेहनत गरेर होइन, लुटेरा समूह हो ।’ उनले चन्द समूह वार्तामा एजेन्डा लिएर आउनै नसकेको दाबी गरे । कान्तिपुरमा खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!