Tuesday, March 2, 2021
Home > समाचार > निर्मला हत्या प्रकरण : बम दिदि बहिनी को घर भित्र हेर्दा देखियो यस्तो वास्तविकता, आमा बाबा यस्तो भन्छन (भिडियो)

निर्मला हत्या प्रकरण : बम दिदि बहिनी को घर भित्र हेर्दा देखियो यस्तो वास्तविकता, आमा बाबा यस्तो भन्छन (भिडियो)

कञ्चनपुरकी किसोरी हत्याको अनुसन्धानमा पक्राउ परेका बम दिदि बहिनीलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ । जिल्ला अदालत कञ्चनपुरले तीन दिनको म्याद दिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिएका दिएका छन ।


निर्मला साउन १० गते होमवर्क गर्न गएको साथी रोशनीको घर । तस्बिरः विष्णुप्रसाद देबकोटा उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो । उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग आक्रोश भई आन्दोलन गरेका थिए । रोशनी निर्मलाकी साथी हुन् । रोशनी र बवितालाई यसअघि प्रहरीले सामान्य सोधपुछ गरेर छोडिदिएको थियो । जिल्लामा नयाँ प्रहरी नेतृत्व गएपछि उनीहरु शनिबार पक्राउ परेका हुन ।

गत साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले स्थानीय दिलीपसिंह बिष्टले हत्या गरेको भन्दै सार्वजनिक गरेको थियो । बालिकाको बलात्कार र हत्याका विषयमा गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *