काठमाडौँ। नायक प्रदीप खड्का अभिनीत चलचित्र ुरोजु २२ भदौ देशव्यापी रिलिज तयारीमा रहेको छ। केहि हप्ता अगाडि मात्र चलचित्रको नाम रोजीु हटाएर ुरोजु राखिएको थियो। बिहिबार चलचित्रका कलाकार प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, प्रताप दास सहित पोखरा पुगेका चलचित्र युनिटले पोखरामा प्रेसमिट र कन्सर्टसमेत आयोजना गरेको छ ।
क्राइम थ्रिलर र रोमान्टिक फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् । ‘कुसुमे रुमाल २’ र ‘होमवर्क’ फेम्ड निर्देशक पौडेलको यो तेस्रो प्रोजेक्ट हो। अनुप सापकोटाको कथा र केदार भुसालको पटकथा छ । फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । प्रदीप, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् । राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको सङ्गीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ । गोपिकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो। गायक प्रताप दासले फिल्मको चर्चित गीत फूल हैन।।।गीत गाएर सुनाए । अहिले चलचित्रका कलाकारहरू चलचित्र प्रोमोसनको लागि पोखरामा छन्।