Thursday, February 25, 2021
Home > समाचार > भर्खरै आयो कोरियामा बस्ने नेपालीको यस्तो सोच्ने नसक्ने खुसीको खबर

भर्खरै आयो कोरियामा बस्ने नेपालीको यस्तो सोच्ने नसक्ने खुसीको खबर

काठमाडौं, २६ चैत । सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् । ‘कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ ।

मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्छ,’ मन्त्री बिष्टको भनाइलाई उद्धृत गर्दै भेटमा सहभागी ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भने ।कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारले पहल गर्ने बताएका छन् ।

कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने खनाल बताउँछन् ।‘करार हुने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाए भने त्यसले निकै ठूलो अर्थ राख्छ,’ उनले भने, ‘कामदार र उनीहरुका परिवारलाई पनि कोरियाली रोजगारीप्रति थप गौरव अनुभुति हुन्छ । परिवारसँग विदेशमै बिताइने समयले कामदारको मनोबल पनि बढ्छ ।’

परिवारसँग थोरै समयमा विदेशमा विदा मनाउन पाए त्यसले अहिले कोरियमा बढ्दो रुपमा देखिकएको आत्महत्या पनि कम हुने विश्वास सरकारको छ ।यसैगरी सरकारले नेपाली नर्सहरुका लागि पनि कोरियामा उचित अवसर मिलाइदिन आग्रह गरेको छ । कोरियामा अहिले विदेशबाट नर्सिङ गरेर कामका लागि पुग्नेको संख्या बढेको छ । त्यहाँ नर्सिङ गरेकाहरुको अभाव छ । त्यसका आधारमा नेपालीलाई पनि सो मौका उपलब्ध गराउन यस्तो प्रस्ताव गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *